Best Khabar Team | २०७६ असार २० गते शुक्रबार
०५ जुलाई, २०१९
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले स्थानीयलाई झस्काईदिएको छ । भूकम्पपछि पनि नियमित रुपमा पकारम्पनहरु गै रहेका छन् । अमेरिकको क्यालिफोर्नियामा गएको यो करिब २० वर्षयताकै ठूलो भूकम्प भएको अधिकारीहरुको भनाई छ । अमेरिकाको एन्जलसबाट करिब साढे २ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको भएको बताइएको छ ।

भूकम्पका कारण कतिपय स्थानमा आगो लागेको छ । आगोलागी स्थानीय बारुणयन्त्रले नियन्त्रणमा लिएको छ । भूकम्पको धक्का २० सेकेन्डसम्म रहेको थियो । क्यालिफोर्नियामा गएको भूकम्पको झड्का नेभादा राज्यको लास भेगास राज्यसम्म अनुभव गरिएको थियो । भूकम्पपछि सुरक्षा सावधानी अपनाउन अधिकारीहरुले स्थानीयलाई आग्रह गरेका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा निकायले भने भूकम्पपछि आउने कतिपय पराकम्पनहरु ठूलो हुनसक्ने भन्दै सावधानीका साथ बस्न स्थानीयहरुलाई आग्रह गरेका छन् । भूकम्पले पु-याइएको क्षति भने सार्वजनिक भएको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...
उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...
अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट)
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
Top