Best Khabar Team | २०७६ असार २० गते शुक्रबार
०५ जुलाई, २०१९
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले स्थानीयलाई झस्काईदिएको छ । भूकम्पपछि पनि नियमित रुपमा पकारम्पनहरु गै रहेका छन् । अमेरिकको क्यालिफोर्नियामा गएको यो करिब २० वर्षयताकै ठूलो भूकम्प भएको अधिकारीहरुको भनाई छ । अमेरिकाको एन्जलसबाट करिब साढे २ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको भएको बताइएको छ ।

भूकम्पका कारण कतिपय स्थानमा आगो लागेको छ । आगोलागी स्थानीय बारुणयन्त्रले नियन्त्रणमा लिएको छ । भूकम्पको धक्का २० सेकेन्डसम्म रहेको थियो । क्यालिफोर्नियामा गएको भूकम्पको झड्का नेभादा राज्यको लास भेगास राज्यसम्म अनुभव गरिएको थियो । भूकम्पपछि सुरक्षा सावधानी अपनाउन अधिकारीहरुले स्थानीयलाई आग्रह गरेका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा निकायले भने भूकम्पपछि आउने कतिपय पराकम्पनहरु ठूलो हुनसक्ने भन्दै सावधानीका साथ बस्न स्थानीयहरुलाई आग्रह गरेका छन् । भूकम्पले पु-याइएको क्षति भने सार्वजनिक भएको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
के नेपालमा उल्का पिण्ड खसेकै हो त ?
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...
काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...
सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...
यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र
२०७८ श्रावण ८ गते शुक्रबार
२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...
Top