Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३
काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि दुई टुक्रामा विभाजित भएको छ । अनलाईन भोटिङ्बाट भएको मतदानमा डा. बद्री केसी नेतृत्वको कार्यसमिति निर्वाचित भएको ४० घण्टा वित्न नपाउँदै अध्यक्षका अर्का प्रत्यासी आरके शर्मा नेतृत्वको अर्को कार्यसमिति घोषणा गरिएको छ । शर्मा नेतृत्वको नयाँ कार्यसमितिमा रहेका अधिकांश सदस्यहरु ११औं महाधिवेशनमा भएको चुनावमा पराजित अनुहारहरु रहेका छन् । शर्मा समूहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अनलाईन प्रक्रियाबाट भएको मतदानमा गम्भीर त्रुटी रहेको र यसलाई स्वीकार गर्न नसकिने भन्दै नयाँ कार्यसमिति घोषणा गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ –“महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई आगामी कार्यकाल (२०२३–२५) का लागि अध्यक्षमा चयन गरिएको छ ।”

शर्मा समूहले घोषणा गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा डाक्टर केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ रहेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन भएको बताइएको भने महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन भएको उल्लेख छ । यस्तै उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला र सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनीको नाम विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शर्मा समूहका अनुसार नयाँ कार्यसमितिमा महिला सचिव बिमला सापकोटा चयन भएकी छन् भने कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएको जनाइएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही केहीदिनभित्रै सपथ कार्यक्रम राखिने समानान्तर समितिका अध्यक्ष शर्माले जानकारी दिए ।
यो पनि पढ्नुहोस्: https://bestkhabar.com/archives/5734
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...
देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...
भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...
समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...
Top