Best Khabar Team | २०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०
तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक कोरोना संक्रमणको विरामी भेटिएका छन् । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा कपिलबस्तुका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै देशभर कोरोना (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ सय नाघेको छ ।
कपिलबस्तुमा आज थप २ जनामा कोरोना संक्रमण भेटिएसँगै कुल कोरोना संक्रमितको संख्या १ सय १ पुगेको हो । कपिलबस्तुमा १६ र २२ वर्षका दुईजना युवकमा कोरोन संक्रमण भेटिएको र उनीहरु हाल चिकित्सकको सम्पर्कमा आइसकेको बताइएको छ । संक्रमितको अवस्था सामान्य रहेको छ । नेपालमा यसअघि ९९ जनामा कोरोना संक्रमण भेटिएकोमा आज थप २ जना गरी कुल १ सय १ जनामा कोरोना सक्रमण भेटिएको छ ।
कपिलबस्तुसँगको छिमेकी जिल्ला रुपन्देहीमा भने यसअघि नै कोरोना संक्रमित भेटिएका थिए । यसैबीच वीराटनगरमा उपचाररत ८ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् उनीहरुलाई अस्पतालले डिस्चार्जको तयारी गरेको छ । तर आज साँझ अबेर भएकोले भोलि बिहानै उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिने अस्पताल स्रोतको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...
कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...
हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो
२०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...
Top