१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार


०५ जुन, २०२०
सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन सरकारले गरेको लकडाउनका कारण संयुक्त अरब इमिरेट्मै रोकिएका डेढसय भन्दा बढी यात्रुलाई लिएर यात्रुबाहक बिमान नेपाल प्रस्थान गरेको छ । नेपाल सरकारको पहलमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत १ सय ५७ जना यात्रुलाई लिएर विमान केहीबेरअघि काठमाडौंका लागि उडेको हो । बिहान १० बजे नै बिमान उड्ने तयारी गरेको भएपनि नेपाल पुगेपछि सरकारले तोकेको क्वारेन्टाइनमा बस्दछु भन्ने फर्ममा हस्ताक्षर गर्नका लागि भन्दै विमानका यात्रुहरुलाई फेरि ओह्रालिएको थियो ।

फाइल तस्वीर

उनीहरुले सो फर्ममा हस्ताक्षर गरेपछि उनीहरुलाई पुनः विमानै राखेर ३ घण्टा पछि उडाइएको थियो । उडान नम्बर जी नाइन १७५१ मार्फत काठमाडौंका लागि उडेका यात्रुहरु बोकेको विमान नेपालको स्थानीय समय अनुसार साँझ ६ बजेर ९ मिनेट जाँदा काठमाडौं विमानस्थलमा अवतरण गर्ने बताइएको छ । सो जहाजमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत नेपालीहरु रहेका छन् । ती मध्ये कतिपयले जागिर छाडेर फर्केका छन् ।

कोरोनाका कारण कम्पनीहरु धमाधम बन्द हुन थालेपछि उनीहरुलाई कम्पनीले निकालिदिएको थियो । जसका कारण उनीहरु नेपाल जाने खर्च समेत नभएर बेखर्ची बनेका थिए । तर कतिपयलाई कम्पनीले नै टिकटको व्यवस्था गरिदिएको बताइएको छ । सो विमानमा बैदेशिक रोजगारीका लागि यहाँ आएर ज्यान गुमाएका एक नेपालीको शव पनि रहेको बताइएको छ । तर उनको बारेमा विस्तृत विवरण खुल्न सकेको छैन ।

नेपाल पुगेलगत्तै उनीहरुलाई सरकारले व्यवस्था गरेको ‘होल्डिङ्ग सेन्टर’मा राखिने र एकरातपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाईने तयारी सेनाले गरेको छ । सरकारले प्रदेश अनुसार काठमाडौं उपत्यका विभिन्न स्थानमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । नेपाली सेनाले विदेशबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा उनीहरुको सबै लगत संकलन गर्ने जिम्मेवारी पाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

नवलपरासी, पर्सा, रुपन्देही र कपिलबस्तुमा आजमात्रै थपिए २४ जना संक्रमित, देशभर संक्रमितको संख्या २४३ पुग्यो (अपडेट) नवलपरासी, पर्सा, रुपन्देही र कपिलबस्तुमा आजमात्रै थपिए २४ जना संक्रमित, देशभर संक्रमितको संख्या २४३ पुग्यो (अपडेट)

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २...

अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आज दिउँसो...

Top