Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०
सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन सरकारले गरेको लकडाउनका कारण संयुक्त अरब इमिरेट्मै रोकिएका डेढसय भन्दा बढी यात्रुलाई लिएर यात्रुबाहक बिमान नेपाल प्रस्थान गरेको छ । नेपाल सरकारको पहलमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत १ सय ५७ जना यात्रुलाई लिएर विमान केहीबेरअघि काठमाडौंका लागि उडेको हो । बिहान १० बजे नै बिमान उड्ने तयारी गरेको भएपनि नेपाल पुगेपछि सरकारले तोकेको क्वारेन्टाइनमा बस्दछु भन्ने फर्ममा हस्ताक्षर गर्नका लागि भन्दै विमानका यात्रुहरुलाई फेरि ओह्रालिएको थियो ।

उनीहरुले सो फर्ममा हस्ताक्षर गरेपछि उनीहरुलाई पुनः विमानै राखेर ३ घण्टा पछि उडाइएको थियो । उडान नम्बर जी नाइन १७५१ मार्फत काठमाडौंका लागि उडेका यात्रुहरु बोकेको विमान नेपालको स्थानीय समय अनुसार साँझ ६ बजेर ९ मिनेट जाँदा काठमाडौं विमानस्थलमा अवतरण गर्ने बताइएको छ । सो जहाजमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत नेपालीहरु रहेका छन् । ती मध्ये कतिपयले जागिर छाडेर फर्केका छन् ।
कोरोनाका कारण कम्पनीहरु धमाधम बन्द हुन थालेपछि उनीहरुलाई कम्पनीले निकालिदिएको थियो । जसका कारण उनीहरु नेपाल जाने खर्च समेत नभएर बेखर्ची बनेका थिए । तर कतिपयलाई कम्पनीले नै टिकटको व्यवस्था गरिदिएको बताइएको छ । सो विमानमा बैदेशिक रोजगारीका लागि यहाँ आएर ज्यान गुमाएका एक नेपालीको शव पनि रहेको बताइएको छ । तर उनको बारेमा विस्तृत विवरण खुल्न सकेको छैन ।
नेपाल पुगेलगत्तै उनीहरुलाई सरकारले व्यवस्था गरेको ‘होल्डिङ्ग सेन्टर’मा राखिने र एकरातपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाईने तयारी सेनाले गरेको छ । सरकारले प्रदेश अनुसार काठमाडौं उपत्यका विभिन्न स्थानमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । नेपाली सेनाले विदेशबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा उनीहरुको सबै लगत संकलन गर्ने जिम्मेवारी पाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ
२०७६ मंशिर २३ गते सोमबार
–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा...
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना...
Top