कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले तोकेको स्थानमा बस्न नमानी आइसोलेसन तोडेर भाग्ने प्रयास गरेर उसलाई नियन्त्रणमा गोलीसम्म चलाउनसक्ने गरी आदेश जारी भएको छ । केहीदिनअघि संक्रमित व्यक्ति आइसोलेसनबाटै भागेपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमितलाई नियन्त्रणमा लिनका लागि गोलीसमेत चलाउनसक्ने गरी आदेश जारी भएको बताइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिको आजको बैठकले एकजना संक्रमितले हेलचेक्र्याई गर्दा हजारौंमा संक्रमण फैलनसक्ने भन्दै यसमा विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ । केहीगरी सुरक्षाकर्मी वा स्वस्थ्यकर्मीलाई नटेरेर आइसोलेनमा रहेका संक्रमितले भाग्ने कोशिष गरेर उनीहरुलाई बल प्रयोग गर्ने र त्यो पनि सम्भव नभए गोली हानेर भएपनि नियन्त्रणमा लिनसक्ने गरी प्रहरीलाई अधिकार प्रदान गरिएको समितिको भनाई छ ।

समितिको आजको बैठकले ३ नम्बर बुँदामा गरेको निर्णयमा ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’ उल्लेख छ ।

पर्सामा आगमी जेठ ५ गतेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको भएपनि २ दिनअघि नारायणी अञ्चल अस्पतालको आइसोलेसनबाट २ जना फरार भएका थिए । पर्सामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले बैशाख ३१ गतेदेखि ६ दिनका लागि जिल्लाभर कफ्र्यु आदेश जारी गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता

२०७७ श्रावण १४ गते बुधबार

२९ जुलाई, २०२०मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा...

कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’ कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...

रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

२०८१ पुष २४ गते बुधबार

०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...

Top