कमल थापाले गरे अख्तियारको प्रशंसा

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार


०८ फेब्रुअरी, २०२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको इतिहाँसमा ढिलै भएपनि ख्तियारले राम्रो काम गरेको भन्दै अख्तियारको प्रशंशा गरेका छन् । पछिल्लो समयमा ललिता निवासको जग्गा प्रकरणमा देशका उच्च पदस्थ व्यक्तिका विरुद्ध मुद्दा दर्ता गरेको भन्दै उनले अख्तियारको कामको प्रशंशा गरेका हुन् । काठमाडौंमा आज गरिएको कार्यक्रमा उनले भने – ‘ढिलै भएपनि अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

राप्रपा यो कदमलाई सकारात्मक रुपमा लिन्छ र अख्तियारलाई धन्यवाद दिन चाहन्छ ।’ मुद्दा दायर गर्दा राजनीतिक आग्रह र पूर्वाग्रह तथा प्रतिशोध साँधिएको भन्ने कुरा पनि आएको सुनाउँदै थापाले थपे,‘भ्रष्टाचारको मुद्दामा निर्दोष पर्नुहुँदैन्, अपराधीलाई उन्मुक्ति दिनुहुँदैन र उनीहरुले उन्मुक्ति पाउनुहुँदैन् । अहिले यो विषय अदालतसम्म पुगेको छ । अदालत पनि अहिले अग्निपरीक्षामा छ ।

उसले निर्दोषलाई सफाई देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने आशा छ ।’ उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरे । उनले भने,‘आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्छ । यसले आफ्नो विश्वनियता पनि कायम राख्नुपर्छ । ललिता निवास प्रकरणमा आयोगबाट प्रशंसनीय काम भएको छ ।’

आगामी दिनमा आयोगले एनसेल कर काण्ड, वाईडबडी जहाज खरिद घोटाला काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतमा भएका भ्रष्टाचारको अनुशन्धान गरेर अपराधीलाई छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनको लागि कदम चाल्नुपर्ने उनको सुझाव छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

Top