चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

Best Khabar Team | २०७६ जेठ २३ गते बिहिबार


०६ जुन, २०१९
काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको बाँदरमुढेमा यात्रुबाहक बसलाई लक्षित गरी बम पड्काउँदा ३८ यात्रुको घटनास्थलमै ज्यान गएको आज १४ वर्ष पुगेको छ । तत्कालीन समयमा नेपाली सेनासँग माओवादीको मुख्य भिडन्त भै रहेका बेला यात्रुबाहक बसमा सेना चढेको जानकारी पाएपछि माओवादीले यात्रुबाहक बसमा विद्युतीय धराप राखेको थियो ।

सो क्रममा बम पड्कँदा ३८ जना सर्वसाधारणको घटनास्थलमै ज्यान गएको थियो । घटनामा आफन्त गुमाएका परिवारका सदस्यहरुले भने अहिलेसम्म आफूहरुले न्याय नपाएको गुनासो गरेका छन् । तत्कालीन घटनाका विषयमा आन्दोलनका सुप्रिमो पुष्पकमल दाहालसँग गत संसदीय चुनावका बेला३ बुँदे सम्झौता गरेको भएपनि अहिलेसम्म आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नभएको पीडितको गुनासो छ ।

चितवन क्षेत्र नम्बर ३ मा पर्ने बाँदरमुडे क्षेत्र हाल दाहालकै क्षेत्रको रुपमा रहेको छ । गत संसदीय चुनावमा उहाँले सो क्षेत्रबाट चुनाव जित्नुभएको थियो । २०७४ मंसीरमा भएको सहमतिमा घटनामा ज्यान गुमाएकाको आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने तथा नसक्नेलाई जीवनवृत्ति दिने उल्लेख छ । यस्तै, बालबालिकालाई शिक्षा स्वास्थयको व्यवस्था गर्ने, घाइतेलाई औषधोपचारको व्यवस्था गर्ने तथा घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बाँदरमुढे क्षेत्रमा १० बिघा जमिनमा स्मारक बनाउने सहमति दाहालले गर्नुभएको थियो ।

सहमतिमा ऐतिहासिक नमुना संग्रहालय र चिडियाघर निर्माण गर्ने समेत उल्लेख भएपछि सहमतिको २ वर्ष पुग्दा समेत यी कुनै काम अघि बढेको छैन । राज्यको जिम्मेवार निकायमा रहेका, पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री समेत भै सकेका व्यक्तिले गरेको सहमति कार्यान्वयन नहुँदा स्थानीय निरास बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड २५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड

२०७९ फाल्गुन ७ गते आइतबार

१९ फेब्रुअरी, २०२३काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो

२०७७ जेठ २९ गते बिहिबार

११ मे, २०२०नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना...

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...

Top