चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

Best Khabar Team | २०७६ जेठ २३ गते बिहिबार


०६ जुन, २०१९
काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको बाँदरमुढेमा यात्रुबाहक बसलाई लक्षित गरी बम पड्काउँदा ३८ यात्रुको घटनास्थलमै ज्यान गएको आज १४ वर्ष पुगेको छ । तत्कालीन समयमा नेपाली सेनासँग माओवादीको मुख्य भिडन्त भै रहेका बेला यात्रुबाहक बसमा सेना चढेको जानकारी पाएपछि माओवादीले यात्रुबाहक बसमा विद्युतीय धराप राखेको थियो ।

सो क्रममा बम पड्कँदा ३८ जना सर्वसाधारणको घटनास्थलमै ज्यान गएको थियो । घटनामा आफन्त गुमाएका परिवारका सदस्यहरुले भने अहिलेसम्म आफूहरुले न्याय नपाएको गुनासो गरेका छन् । तत्कालीन घटनाका विषयमा आन्दोलनका सुप्रिमो पुष्पकमल दाहालसँग गत संसदीय चुनावका बेला३ बुँदे सम्झौता गरेको भएपनि अहिलेसम्म आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नभएको पीडितको गुनासो छ ।

चितवन क्षेत्र नम्बर ३ मा पर्ने बाँदरमुडे क्षेत्र हाल दाहालकै क्षेत्रको रुपमा रहेको छ । गत संसदीय चुनावमा उहाँले सो क्षेत्रबाट चुनाव जित्नुभएको थियो । २०७४ मंसीरमा भएको सहमतिमा घटनामा ज्यान गुमाएकाको आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने तथा नसक्नेलाई जीवनवृत्ति दिने उल्लेख छ । यस्तै, बालबालिकालाई शिक्षा स्वास्थयको व्यवस्था गर्ने, घाइतेलाई औषधोपचारको व्यवस्था गर्ने तथा घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बाँदरमुढे क्षेत्रमा १० बिघा जमिनमा स्मारक बनाउने सहमति दाहालले गर्नुभएको थियो ।

सहमतिमा ऐतिहासिक नमुना संग्रहालय र चिडियाघर निर्माण गर्ने समेत उल्लेख भएपछि सहमतिको २ वर्ष पुग्दा समेत यी कुनै काम अघि बढेको छैन । राज्यको जिम्मेवार निकायमा रहेका, पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री समेत भै सकेका व्यक्तिले गरेको सहमति कार्यान्वयन नहुँदा स्थानीय निरास बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट...

समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...

उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...

Top