भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

Best Khabar Team | २०७७ फाल्गुन ४ गते मंगलबार


१६ फेब्रुअरी २०२१
बैतडी । बैतडी जिल्लामा गएको माघ २२ गते भएको एउटा बलात्कार र हत्या प्रकरणमा संलग्न अभियुक्त पत्ता लगाउन प्रहरी सफल भएको प्रहरी स्रोतले दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक युवकलाई प्रहरीले घटनाको २ साता नपुग्दै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सनातम धर्म माध्यामिक विद्यालयमा अध्ययनरत एक युवक भएको बताइएको छ । ती युवकले प्रहरी समक्ष आफूले भागरथीको बलात्कार पछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । विद्यालयको कक्षा १२ मामा पढ्ने भट्ट माघ २१ गते विद्यालय गएको तर साँझ घर नफर्केपछि उनको परिवार तथा आफन्तले उनको खोजी गरेको थियो । तर त्यसको भोलिपल्ट उनको शव स्थानीयलवलेक जंगलमा भेटिएको थियो ।

उनको शवको चिकित्सकीय परिक्षणपछि उनको बलात्कार पछि हत्या भएको खुलेको थियो । तर हत्यामा कसको संलग्नता रहेको थियो भन्ने विषयमा प्रहरीलाई अनुसन्धान गर्न निक्कै कठिन भै रहेको थियो । प्रहरीले घटनास्थलमा प्राप्त केही प्रमाण, अपराध अनुसन्धानमा खटिएको कुकुरले दिएको केही संकेत तथा उनको मोबाइलको कल डिजेललगायतबाट घटनामा संलग्न युवकको परिचान गर्न सफल भएको हो । प्रहरीले अहिले ती युवकको बारेमा विस्तृत विवरण जानकारी गराएको छैन ।

बलात्कारपछि हत्या गरिएकी भट्ट ।

भोलि अर्थात् बुधबार बिहान १० बजे पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको थियो । दोषी पत्तालगाएर कारबाहीको माग गर्दै विद्यालयका विद्यार्थीलगायत स्थानीय वासिन्दाहरु दिनहुँजसो आन्दोलनमा उत्रिइरहेका बेला प्रहरीले घटनामा संलग्न अभियुक्त पत्ता लगाएको दाबी गरेको हो ।

हिजोमात्रै ती युवकलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको र उनले अपराध स्वीकार गरेको प्रहरी स्रोतको भनाई छ । यद्यपी घटनामा ती युवकमात्रै संलग्न थिए वा अरुको पनि संलग्नता थियो भन्ने विषयमा प्रहरी स्रोतले केही बताएको छैन । घटनाको विस्तृत विवरण भोलिमात्रै सार्वजनिक हुने भन्दै प्रहरीले भोलिसम्मका लागि धैर्य गर्न अनुरोध गरेको छ ।

यो घटनासँग सम्बन्धित थप खबर पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन् यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित...

एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै

२०८० आश्विन २६ गते शुक्रबार

१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...

गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...

कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...

Top