Best Khabar Team | २०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी २०२१
बैतडी । बैतडी जिल्लामा गएको माघ २२ गते भएको एउटा बलात्कार र हत्या प्रकरणमा संलग्न अभियुक्त पत्ता लगाउन प्रहरी सफल भएको प्रहरी स्रोतले दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक युवकलाई प्रहरीले घटनाको २ साता नपुग्दै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सनातम धर्म माध्यामिक विद्यालयमा अध्ययनरत एक युवक भएको बताइएको छ । ती युवकले प्रहरी समक्ष आफूले भागरथीको बलात्कार पछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । विद्यालयको कक्षा १२ मामा पढ्ने भट्ट माघ २१ गते विद्यालय गएको तर साँझ घर नफर्केपछि उनको परिवार तथा आफन्तले उनको खोजी गरेको थियो । तर त्यसको भोलिपल्ट उनको शव स्थानीयलवलेक जंगलमा भेटिएको थियो ।
उनको शवको चिकित्सकीय परिक्षणपछि उनको बलात्कार पछि हत्या भएको खुलेको थियो । तर हत्यामा कसको संलग्नता रहेको थियो भन्ने विषयमा प्रहरीलाई अनुसन्धान गर्न निक्कै कठिन भै रहेको थियो । प्रहरीले घटनास्थलमा प्राप्त केही प्रमाण, अपराध अनुसन्धानमा खटिएको कुकुरले दिएको केही संकेत तथा उनको मोबाइलको कल डिजेललगायतबाट घटनामा संलग्न युवकको परिचान गर्न सफल भएको हो । प्रहरीले अहिले ती युवकको बारेमा विस्तृत विवरण जानकारी गराएको छैन ।

भोलि अर्थात् बुधबार बिहान १० बजे पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको थियो । दोषी पत्तालगाएर कारबाहीको माग गर्दै विद्यालयका विद्यार्थीलगायत स्थानीय वासिन्दाहरु दिनहुँजसो आन्दोलनमा उत्रिइरहेका बेला प्रहरीले घटनामा संलग्न अभियुक्त पत्ता लगाएको दाबी गरेको हो ।
हिजोमात्रै ती युवकलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको र उनले अपराध स्वीकार गरेको प्रहरी स्रोतको भनाई छ । यद्यपी घटनामा ती युवकमात्रै संलग्न थिए वा अरुको पनि संलग्नता थियो भन्ने विषयमा प्रहरी स्रोतले केही बताएको छैन । घटनाको विस्तृत विवरण भोलिमात्रै सार्वजनिक हुने भन्दै प्रहरीले भोलिसम्मका लागि धैर्य गर्न अनुरोध गरेको छ ।
यो घटनासँग सम्बन्धित थप खबर पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाग्लुङ् ढोरपाटन बाढी अपडेट : १४ को शव भेटियो, ३८जना अझै वेपत्ता
२०७७ भाद्र १९ गते शुक्रबार
०४ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ् । बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने...
कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक...
कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...
अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल
२०७७ पुष २५ गते शनिबार
२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...
Top