बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले

Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार


०२ डिसेम्बर, २०२०
वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत र युरोपसंग सिमाना जोडिएको रुसले कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिन प्रयोग गर्नका लागि अनुमति पाएका छन् । यो सँगै यी दुबै देशले आगामी सातादेखि कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने भएका छन् । बेलायत कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) प्रयोग गर्नका लागि अनुमति दिने विश्वको पहिलो देश बनेको छ ।

कोरोना भाइरस विरुद्ध बनाइएको भ्याक्सिन भ्याक्सिन प्रभावकारी रहेको भन्दै यहाँको सरकारले गरेको आग्रहलाई मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले आवश्यक अनुसन्धान तथा पछि अनुमति दिएको हो । विश्वमा कोरोनाबाट १४ लाख ९३ हजार भन्दा बढी मानिसको मृत्यु भै सक्दा पहिलो पटक कोरोनाको भ्याक्सिन प्रयोगका लागि बेलायतको नियमक निकायले अनुमति प्रदान दिएको हो । योसँगै अब कोरोना विरुद्धको भ्याक्सिन सर्वसाधारणमा लगाउनका लागि बेलायतमा बाटो खुल्ला भएको छ ।

यो अनुमतिसँगै अबको केही दिनभित्रै कोरोनाको उच्च जोखिममा रहेका समूहका व्यक्तिहरुलाई भ्याक्सिन लगाउन शुरु गरिने बिबिसीले उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्रीले पनि भ्याक्सिनलाई तत्काल प्रयोगमा ल्याउनका लागि नियमक निकायसँग चरण चरणमा छलफल गर्दै आएका थिए । बेलायतले शुरुमा १ करोड डोज भ्याक्सिन निर्माता फाइजर सँग मगाएको छ ।

यद्यपि यसअघि नै बेलायतले ४ करोड खोपका लागि फाइजरलाई अनुरोध गरिसकेको बताइएको छ । ‘फाइजर र बायोएनटेक’ नामक कम्पनीले संयुक्त रुपमा करिब १० महिनाको अथक प्रयास पछि बनाएको यो खोप कोरोना भाइरसका विरुद्ध ९५ प्रतिशत सफल रहेको तथ्य सार्वजनिक भएसँगै यसलाई आम नागरिकमा प्रयोग गर्नका लागि अनुमति पाउनुपर्नेमा विश्वका विभिन्न देशमा बहस चल्दै आएको छ ।

शुरुमा स्वस्थ्य सेवामा खटिएका स्वस्थ्यकर्मी, बृद्धाबृद्धा तथा बढी प्रभावित समूहका व्यक्तिहरुलाई पहिचन गरी यो खोप लगाइने बताइएको छ । बेलायतका साथै युरोपका कतिपयदेशहरुले पनि अबको केही साताभित्रै आफ्ना देशका नागरिकहरुलाई भ्याक्सिन उपलब्ध गराउने तयारी गरेका छन् । जर्मनीले राजधानी बर्लिनलगायतका कतिपयस्थानमा खोप केन्द्रहरुसमेत तोकिसकेको छ ।

यस्तै बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेनलगायतका देशले पनि छिट्टै आफ्ना देशका नागरिकलाई कोरोना प्रतिरोधी खोप लगाउनका लागि आवश्यक तयारी थालेका छन् । कतिपय देशले आवश्यक पर्ने खोप संख्याको पहिलो लट अर्डर समेत गरिसकेका छन् । कोरोना भाइरस विरुद्धको खोप आम नागरिकमा लगाउन शुरु गरेसँगै कोरोनाबाट हुने मृत्युदर तथा यसको संक्रमण ह्वात्तै घट्ने अनुमान गरिएको छ ।

यसैबीच, एसियाली मुलुक रुसले पनि आगामी सातादेखि कोरोना विरुद्धको भ्याक्सिन लगाउन शुरु गर्ने जनाएको छ । रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले हालै ९५ प्रतिशत प्रभावकारी रहेको कोरोना विरुद्धको भ्याक्सिन प्रयोग गर्नका लागि अनुमति प्रदान गरेसँगै रुसले पनि यो खोप प्रयोगमा ल्याउन लागेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड

२०७६ कार्तिक ६ गते बुधबार

२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...

प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै

२०७६ जेठ २० गते सोमबार

०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...

करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...

आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने

२०७४ श्रावण २२ गते आइतबार

  ०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...

Top