कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द

Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार


१६ मार्च, २०२०
मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक स्पेनसँगको सबै सिमा नाकाहरु बन्द गरेको घोषणा गरेको छ । पोर्चुगलको सरकारले आज अपरान्ह एक सूचना जारी गरी दुबै देशमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको र यसलाई नियन्त्रणका लागि भन्दै स्पेन हुँदै पोर्चुगल आउने गाडी तथा यात्रुहरुको आवागमन बन्द भएको घोषणा गरेको हो ।

यो नियम आजराती स्थानीय समय अनुसार १२ बजेपछिबाट लागू हुनेछ । पोर्चुगलको सेफ कमिसनले एक सूचना जारी गरी अत्यावश्यक काममा हुनेहरुलाई रातिको ११ बजेसम्म आफ्नो देश फर्कनका लागि सूचना जारी गरेको छ । यो सूचना जारी भएसँगै पोर्चुगलमा रहेका तथा स्पेनमा रहेकाहरुले रातिको ११ बजेसम्म दुईदेशमा आउजाउ गर्न पाउनेछन् ।

रातिको १२ बजेपछि आगामी अप्रिल १५ सम्मका लागि दुईदेशबीचको सिमा लकडाउन भएको छ । पछिल्लो समयमा पोर्चुगलमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि त्यहाँको सरकारले आजैबाट लागूहुने गरी शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ भने आम नागरिकलाई पनि अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

यो समाचार तयार पार्दसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३ सय ३५ जनाको ज्यान गै सकेको छ । जसमध्ये ४१ जना विगत २४ घण्टा यता ज्यान गुमाउनेहरु छन् । यस्तै स्पेनमा हालसम्म ९ हजार ४ सय ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै पोर्चुगलमा हालसम्म कोरोनाका कारण १ जनाको ज्यान गएको छ भने ३ सय ३१ जना संक्रमित भेटिएका छन् ।

सरकारको यो निर्देशनसँगै पोर्चुगल र स्पेनको पर्यटनबजार भने नराम्ररी प्रभावित हुने देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित) पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको...

ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’ ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट...

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...

Top