बाग्लुङ् ढोरपाटन बाढी अपडेट : १४ को शव भेटियो, ३८जना अझै वेपत्ता

Best Khabar Team | २०७७ भाद्र १९ गते शुक्रबार


०४ सेप्टेम्बर, २०२०
बलेवा, बाग्लुङ् । बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने स्थानीय भुजिखोलामा आएको बाढीमा वेपत्तामध्ये १४ जनाको शव भेटिएको छ । घटनामा परी अहिलेसम्म ३८ जना वेपत्ता भएको नगरपालिकाले जनाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षात्का कारण आएको बाढीका कारण स्थानीय ढोरपाटन नगरपालिकाको भुजिखोलाको किनाराका बस्तीहरु बगाएको थियो ।

तस्वीर साभार : स्थानीय पूर्ण विकको फेसबुकबाट ।

बुधबार मध्यरातमा एक्कासी खोलामा आएको बाढीले घर तथा बस्ती बगाउँदा स्थानीयले चालै पाएनन् । जतिले थाहापाए उनीहरुले भागेर जसोतसो ज्यान जोगाए र तर राति सुतेकाहरुलाई भुजिखोलाको बाढीले बगायो उनीहरुलाई खबर गर्न नै नभ्याएको घटनामा बाँचेकाहरु बताउँछन् । जसका कारण अहिलेसम्म ३८ जना वेपत्ता छन् । विशेष गरी बाढीका कारण भुजिखोलाको तटक्षेत्रमा रहेका वडा नम्बर ८, ७ र ९ को बस्तीमा ठूलो क्षति पुगेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार वडा नम्बर ९ बाट कुल ४१ जना वेपत्ता भएकोमा हालसम्म १४ जनाको शव भेटिएको छ । उनीहरुको गुल्मी जिल्लाको सिमामा शव भेटिएको बताइएको छ । प्राप्त जानकारी अनुसार बाढीबाट सो नगरपालिकाको वडा नम्बर ९ मा ७१ घर तथा ७ र ८ नम्बर वडाका करिब ३० घर बगाएको छ । बाढी स्थानीय वासिन्दाको सयौं पशु चौपायाहरु बगाएको छ । जसका कारण करोडौंको धनमाल नष्ट भएको छ ।

घटनालगत्तै स्थानीय ढोरपाटन शिकार आरक्षमा खटिएका सुरक्षाकर्मीले उद्दार शुरु गरेका थिए । अहिले पनि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली, स्थानीय वासिन्दालगायतले वेपत्ताहरुको खोजीकार्य जारी राखेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन ५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...

हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी २०२० हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर...

भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...

Top