बाग्लुङ् ढोरपाटन बाढी अपडेट : १४ को शव भेटियो, ३८जना अझै वेपत्ता

Best Khabar Team | २०७७ भाद्र १९ गते शुक्रबार


०४ सेप्टेम्बर, २०२०
बलेवा, बाग्लुङ् । बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने स्थानीय भुजिखोलामा आएको बाढीमा वेपत्तामध्ये १४ जनाको शव भेटिएको छ । घटनामा परी अहिलेसम्म ३८ जना वेपत्ता भएको नगरपालिकाले जनाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षात्का कारण आएको बाढीका कारण स्थानीय ढोरपाटन नगरपालिकाको भुजिखोलाको किनाराका बस्तीहरु बगाएको थियो ।

तस्वीर साभार : स्थानीय पूर्ण विकको फेसबुकबाट ।

बुधबार मध्यरातमा एक्कासी खोलामा आएको बाढीले घर तथा बस्ती बगाउँदा स्थानीयले चालै पाएनन् । जतिले थाहापाए उनीहरुले भागेर जसोतसो ज्यान जोगाए र तर राति सुतेकाहरुलाई भुजिखोलाको बाढीले बगायो उनीहरुलाई खबर गर्न नै नभ्याएको घटनामा बाँचेकाहरु बताउँछन् । जसका कारण अहिलेसम्म ३८ जना वेपत्ता छन् । विशेष गरी बाढीका कारण भुजिखोलाको तटक्षेत्रमा रहेका वडा नम्बर ८, ७ र ९ को बस्तीमा ठूलो क्षति पुगेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार वडा नम्बर ९ बाट कुल ४१ जना वेपत्ता भएकोमा हालसम्म १४ जनाको शव भेटिएको छ । उनीहरुको गुल्मी जिल्लाको सिमामा शव भेटिएको बताइएको छ । प्राप्त जानकारी अनुसार बाढीबाट सो नगरपालिकाको वडा नम्बर ९ मा ७१ घर तथा ७ र ८ नम्बर वडाका करिब ३० घर बगाएको छ । बाढी स्थानीय वासिन्दाको सयौं पशु चौपायाहरु बगाएको छ । जसका कारण करोडौंको धनमाल नष्ट भएको छ ।

घटनालगत्तै स्थानीय ढोरपाटन शिकार आरक्षमा खटिएका सुरक्षाकर्मीले उद्दार शुरु गरेका थिए । अहिले पनि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली, स्थानीय वासिन्दालगायतले वेपत्ताहरुको खोजीकार्य जारी राखेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...

गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...

Top