Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै अहिले सो राज्यमा व्यापक प्रदर्शन भै रहेको छ । गत सोमबार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएको एउटा भिडियो र तस्वीरमा एकजना प्रहरी अधिकारी सडकमा एकजना अस्वेत नागरिकलाई सडकमा लडाएर घुँडाको सहायताले ती व्यक्तिको घाँटी थिचिरहेका देखिन्छन् । लामो समयसम्म घाँटीमा थिचेको कारण स्वासप्रश्वासमा समस्या भएर ४७ वर्षका जर्ज फ्यर्ड नामका सो व्यक्तिको मृत्यु भएको भएको बताइएको छ ।

अधिकारकर्मीहरुले घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै आइरहेका छन् । घटनामा संलग्न ‘देरेक चाउभिन’ नामका ती प्रहरी अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । गएको सोमबार स्थानीय पसलमा सामान किन्न जाने क्रममा जर्जले २० डलरको नक्कली नोट प्रयोग गरेको भन्दै पसलेले प्रहरीलाई खबर गरेपछि प्रहरी उनलाई नियन्त्रणमा लिन घटनास्थल पुगेको थियो ।
घटनापछि मृतकका आफन्त तथा अधिकारकर्मीहरुले अमेरिकाको मिन्निसोटालगायतका राज्यमा व्यापक प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले स्थानीय मिनियापोलिस स्थित प्रहरी चौकीमा आगजनी गर्नुका साथै दर्जनौं गाडी तथा अन्य भौतिक संरचनाहरुमा पनि आगजनी गरिरहेका छन् । अस्वेत नागरिकहरुहरु अहिले पनि अमेरिकी सरकारले रंगभेद नीतिको शिकार भै रहेको भन्दै प्रदर्शनकारीहरुले दिनहुँ प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले गरेको प्रदर्शन दिनदिनै उग्रबन्द गएको छ । सोही घटनालाई लिएर भएको प्रदर्शनको समाचार संकलनमा गएका सिएनएनका पत्रकार ओमार जिमिन्जेट्डस्ले घटाको प्रत्यक्ष प्रशारण गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको छ । हातमा टेलिभिजनको माइक समातेर प्रत्यक्ष प्रशारणमा जुटेका उनलाई कार्यक्षेत्रबाटै हातमा हत्कडी लगाएर प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केही घण्टापछि उनलाई प्रहरीले मुक्त गराएको भएपनि नियन्त्रणमा लिनुको कारण भने खुलाएको छैन ।
यसपटक हामीले बेस्टखबर डटकमको बेस्ट भिडियो स्तम्भमा सिएनएनका उनै पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको भिडियो समावेश गरेका छौं । प्रस्तुत भिडियो हामीले अमेरिकाबाट प्रशारण हुने सिएनएन टेलिभिजनको आधिकारिक बेवसाईबाट साभार गरेका हौं ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...
विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...
युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत
२०७६ पुष १ गते मंगलबार
– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...
नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व
२०८२ भाद्र २८ गते शनिबार
नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...
Top