Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै अहिले सो राज्यमा व्यापक प्रदर्शन भै रहेको छ । गत सोमबार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएको एउटा भिडियो र तस्वीरमा एकजना प्रहरी अधिकारी सडकमा एकजना अस्वेत नागरिकलाई सडकमा लडाएर घुँडाको सहायताले ती व्यक्तिको घाँटी थिचिरहेका देखिन्छन् । लामो समयसम्म घाँटीमा थिचेको कारण स्वासप्रश्वासमा समस्या भएर ४७ वर्षका जर्ज फ्यर्ड नामका सो व्यक्तिको मृत्यु भएको भएको बताइएको छ ।

अधिकारकर्मीहरुले घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै आइरहेका छन् । घटनामा संलग्न ‘देरेक चाउभिन’ नामका ती प्रहरी अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । गएको सोमबार स्थानीय पसलमा सामान किन्न जाने क्रममा जर्जले २० डलरको नक्कली नोट प्रयोग गरेको भन्दै पसलेले प्रहरीलाई खबर गरेपछि प्रहरी उनलाई नियन्त्रणमा लिन घटनास्थल पुगेको थियो ।
घटनापछि मृतकका आफन्त तथा अधिकारकर्मीहरुले अमेरिकाको मिन्निसोटालगायतका राज्यमा व्यापक प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले स्थानीय मिनियापोलिस स्थित प्रहरी चौकीमा आगजनी गर्नुका साथै दर्जनौं गाडी तथा अन्य भौतिक संरचनाहरुमा पनि आगजनी गरिरहेका छन् । अस्वेत नागरिकहरुहरु अहिले पनि अमेरिकी सरकारले रंगभेद नीतिको शिकार भै रहेको भन्दै प्रदर्शनकारीहरुले दिनहुँ प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले गरेको प्रदर्शन दिनदिनै उग्रबन्द गएको छ । सोही घटनालाई लिएर भएको प्रदर्शनको समाचार संकलनमा गएका सिएनएनका पत्रकार ओमार जिमिन्जेट्डस्ले घटाको प्रत्यक्ष प्रशारण गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको छ । हातमा टेलिभिजनको माइक समातेर प्रत्यक्ष प्रशारणमा जुटेका उनलाई कार्यक्षेत्रबाटै हातमा हत्कडी लगाएर प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केही घण्टापछि उनलाई प्रहरीले मुक्त गराएको भएपनि नियन्त्रणमा लिनुको कारण भने खुलाएको छैन ।
यसपटक हामीले बेस्टखबर डटकमको बेस्ट भिडियो स्तम्भमा सिएनएनका उनै पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको भिडियो समावेश गरेका छौं । प्रस्तुत भिडियो हामीले अमेरिकाबाट प्रशारण हुने सिएनएन टेलिभिजनको आधिकारिक बेवसाईबाट साभार गरेका हौं ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन
२०७६ मंशिर २९ गते आइतबार
–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...
क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई
२०७७ बैशाख १७ गते बुधबार
२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...
कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...
बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...
Top