Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०
काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड १९) का संक्रमति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दैलख जिल्लाको आठबीसकोट, १ का एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी कर्णाली प्रदेशमा कोरोना संक्रमित हुने पहिलो व्यक्ति हुन् ।
बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै अन्य थप १७ जनामा कोरोना पुष्टि भएको छ । जसमा धनुषाका २ जना पुरुष, खोटाङ्ग हलेसीका १ जना पुरुष, बाँकेका १२ जना पुरुष, सुनसरीका एकजना पुरुष र झापाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमणमा पर्नेहरुको संख्या ३ सय ७५ पुगेको छ ।

संक्रमणमा परेकाहरुमध्ये २ जनाको ज्यान गै सेको छ भने ३७ जना उपचारपछि घर फर्केका छन् । संक्रमितहरु सबैको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले आज राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम...
अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता...
उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...
सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको...
Top