बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार


०१ मे, २०२०
नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बाँके र रुपन्देहीका गरी थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । बाँकेको नेपालगञ्जका एक ६० वर्षका पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

ती बृद्दको नाम र वास्तविक ठेगाना खुलाईएको छैन । उनको अवस्था सामान्य रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भै रहेको बताइएको छ । उनमा कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा चिकित्सकहरुको टोलीले थप अनुसन्धान अघि बढाएको छ । यस्तै रुपन्देहीका एक २५ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको छ । ती युवकको पनि बुटबलस्थित सिद्दार्थ अस्पतालमा उपचार हुँदैछ ।

उनको अवस्था पनि सामान्य रहेको मन्त्रालयको भनाई छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । ती मध्ये १६ जना उपचारपछि घर फर्केका छन् । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कोरोना संक्रमितमध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । हाल अस्पतालमा उपचाररत सबै विरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते

२०८१ पुष २३ गते मंगलबार

०७ जनवरी, २०२५काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित) भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

२०७७ श्रावण १७ गते शनिबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...

Top