Best Khabar Team | २०७७ भाद्र १० गते बुधबार
२६ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा आगामी भदौ १७ गतेसम्मका लागि थप गरेको छ । जिल्ला सुरक्षासमितिको सिफारिसमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि एक साताका लागि घोषणा गरिएको निषेधाज्ञाको समय आज सकिँदै थियो ।

निषेधाज्ञाको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा खटिएका कर्मचारीहरु र सवारी साधनलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिइने बताइएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले गएको भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । तर उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै अर्थात २ सय ३२ जनामा कोरोना संक्रमण देखिएपछि सरोकारवाला निकायले उपत्यकामा निषेधाज्ञाको समय थपगर्न सरकारलाई आग्रह गरेका थिए ।


उपत्यकामा हिजो अपरान्हसम्म सरकारले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा (सोमबार अपरान्हदेखि मंगलबार अपरान्हसम्म) एकैदिन पहिलोपटक यतिधेरै संक्रमित भेटिएका हुन् । जसमध्ये काठमाडौंमा १९९ जना, ललितपुरमा १९ र भक्तपुरमा१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...
गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...
१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन...
Top