Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२०
न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको हताहित हुन थालेको छ । अहिले अमेरिकामा दैनिक सयौंको संख्यामा आम नागरिकहरुले कोरोनाकै कारण ज्यान गुमाईरहेका छन् ।
मंगलबार २४ घण्टाको तथ्यांकलाई आधार बनाउने हो भने अमेरिकामा २ हजार ४ सय ४ जनाले ज्यान गुमाएका छन् । यो विश्वकै इतिहासमा अहिलेसम्म एकैदिन कोरोनाबाट ज्यान गुमाउनेहरुको (एउटामात्रै देशमा) सबैभन्दा बढी तथ्यांक हो । अमेरिकामा मंगलबार २६ हजार ९ सय ४५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

कोरोनाका कारण अमेरिकाको राजधानी न्यूर्योक सबैभन्दा बढी प्रभावित बनेको छ । न्यूर्योकमात्रै मंगलबार ७ सय ७८ जनाले कोरोनाकै कारण मृत्युबरण गर्नुपरेको छ । यस्तै न्यूजर्सीमा ३ सय ६२, मिचिगनमा १ सय ६६, लुसिनियामा १ सय २९, पेन्सिलभेनियामा १ सय ६ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।
न्यूर्योकमा मात्रै ७ हजार ४ सय ६८ जना नयाँ संक्रमित मंगलबार फेला परेका छन् । हालसम्म न्यूर्योकमा मात्रै कोरोनाका कारण १० हजार ८ सय ३४ जनाले ज्यान गुमाईसकेका छन् । विश्वमा अहिलेसम्म अमेरिका नै कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा यो समाचार तयार गर्दासम्म ६ लाख १३ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण फैलिइसकेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्
२०७९ फाल्गुन १५ गते सोमबार
२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...
तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन
२०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...
निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...
अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...
Top