अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार


१५ अप्रिल, २०२०
न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको हताहित हुन थालेको छ । अहिले अमेरिकामा दैनिक सयौंको संख्यामा आम नागरिकहरुले कोरोनाकै कारण ज्यान गुमाईरहेका छन् ।

मंगलबार २४ घण्टाको तथ्यांकलाई आधार बनाउने हो भने अमेरिकामा २ हजार ४ सय ४ जनाले ज्यान गुमाएका छन् । यो विश्वकै इतिहासमा अहिलेसम्म एकैदिन कोरोनाबाट ज्यान गुमाउनेहरुको (एउटामात्रै देशमा) सबैभन्दा बढी तथ्यांक हो । अमेरिकामा मंगलबार २६ हजार ९ सय ४५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

कोरोनाका कारण अमेरिकाको राजधानी न्यूर्योक सबैभन्दा बढी प्रभावित बनेको छ । न्यूर्योकमात्रै मंगलबार ७ सय ७८ जनाले कोरोनाकै कारण मृत्युबरण गर्नुपरेको छ । यस्तै न्यूजर्सीमा ३ सय ६२, मिचिगनमा १ सय ६६, लुसिनियामा १ सय २९, पेन्सिलभेनियामा १ सय ६ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

न्यूर्योकमा मात्रै ७ हजार ४ सय ६८ जना नयाँ संक्रमित मंगलबार फेला परेका छन् । हालसम्म न्यूर्योकमा मात्रै कोरोनाका कारण १० हजार ८ सय ३४ जनाले ज्यान गुमाईसकेका छन् । विश्वमा अहिलेसम्म अमेरिका नै कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा यो समाचार तयार गर्दासम्म ६ लाख १३ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण फैलिइसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो २४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...

फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...

हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी २०२० हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर...

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात  हुने आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...

Top