Best Khabar Team | २०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०
न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको सफल बसाई पछि अमेरिकाका दुईजना अन्तरिक्ष यात्री आइतबार शकुशल यहाँ फर्किएका छन् । विश्वव्यापी कोरोना महामारी तथा अमेरिका स्वयं विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित मुलुकको सूचीमा दर्ज भै रहँदा गएको मे ३० तारिखका दिन नासाले दुईजना अन्तरिक्ष यात्री राखेर एउटा रकेट अन्तरिक्षमा पठाएको थियो ।

अमेरिकी सेनाका पूर्व पाईलट रहेका बब बेहनकेन र डग हर्ले २ महिना भन्दा लामो समय समय अन्तरिक्षमा विताएर सकुशल पृथ्वीमा अवतरण गरेका हुन् । अन्र्तरिक्षमा मान्छे पठाएर सकुशल पृथ्वीमा फर्काउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले अमेरिकाले २ महिना अघि स्पेसएक्स नामक रकेट अमेरिकाको फ्लोरिडास्थित क्यानेडी स्पेस सेन्टरबाट अन्तरिक्षका लागि उडाएका थियो ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत नासाका उच्च बैज्ञानिकहरुको उपस्थितिमा स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकै रहेको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गर्दा त्यहाँको वातावरण खुसीले गुज्जयमान भएको थियो । यो अभियान सफल भएसँगै अमेरिका र नासाले भोलिका दिनमा अन्र्तरिक्षमा मानव पठाउनका लागि थप सहजता भएको प्रतिक्रिया दिएको छ ।
थप यो खबर पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु
२०७७ माघ ४ गते आइतबार
१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...
भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...
Top