Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०
न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको चपेटामा परेको अमेरिकाले कोरोना कहरकै बीच आज (शनिबार) अन्तरिक्षमा मानवसहितको रकेट पठाएको छ । अमेरिकाले यो कार्यलाई आफ्नो ऐतिहासिक एवं ‘विशाल साहसिक कार्यको नयाँ अध्याय’ भएको प्रतिक्रिया दिएको छ । नासामार्फत आज स्पेसएक्स नामक रकेटले फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट अमेरिकी समय अनुसार दिउँसो अन्तरिक्षका लागि उडान भरेको थियो । जसमा दुईजना अमेरिकी अन्तरिक्ष यात्रीपनि सँगै अन्तरिक्ष यात्रामा सहभागी छन् ।

यसअघि गएको बुधबार नै सो रकेट प्रक्षेपण गर्ने तयारी गरिएको भएपनि खराब मौसमका कारण आजका लागि उडानको समय सारिएको थियो । विगतमा एपोलो ११ नामको चन्द्रयान उडेकै ऐतिहासिक स्थानबाट अमेरिकाले आज अन्तरिक्षणका लागि यो मानवसहितको रकेट उडाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाको स्थानीय समय अनुसार भोलि बिहान १० बजेपछि सो मानवयान अन्तरिक्षको कक्षमा प्रवेश गर्ने र त्यहाँको डाटा संकलन गर्ने अपेक्षा गरिएको छ । अन्तरिक्ष यात्रुहरुले दुई महिना अन्तरिक्षमै विताउने बताइएको छ ।

अन्तरिक्ष यानमा नासाका दुई अन्तरिक्ष यात्रीहरू बब बेहनकेन र डग हर्ले रहेका छन् । उनीहरु दुबै सेनाका पूर्व पाइलटहरु हुन् । उनीहरुले यसअघि स्पेस शटलमा दुईवटा अभियान सम्पन्न गरेका थिए । आज अन्तरिक्षमा पठाईएको रकेट स्वचालित रहेको र अत्याधुनिक भएको नासाले जनाएको छ । जसमा तामक्रम नियन्त्रण गर्ने अत्याधुनिक प्रविधि जडान गरिएको छ । यद्यपि यो यान स्वचालित भएपनि अन्तरिक्षयात्रीद्वय हर्ले र बेहनकेनले आवश्यक परेको खण्डमा यसलाई म्यानुअली सञ्चालन गर्न सक्नेछन् ।

‘डेमो २’ को नामले परिचित यो अन्तरिक्ष मिसन यानले मानिसहरुलाई सुरक्षित रुपमा अन्तरिक्षमा उडान गराउन सकिन्छ भन्ने पुष्टि गर्ने अपेक्षा गरिएको छ । यसले अन्तरिक्ष केन्द्रलाई चक्कर लगाएपछि नासा र स्पेसएक्सले डाटाको समीक्षा गर्ने र भावी दिनमा अन्तरिक्ष यानलाई थप मिसनहरूको लागि प्रमाणित गर्न सहयोगी सिद्ध हुने बैज्ञानिकहरुको अपेक्षा छ । अहिलेको यो उडान सफल भएमा भोलिका दिनमा ४ भन्दा बढी अन्तरिक्ष यात्रुहरुलाई एउटै यानमा राखेर एकैपटक अन्तरिक्षमा उडान गर्न सकिनेमा बैज्ञानिकहरु आशावादी रहेका छन् । यो यानले अन्तरिक्ष कक्षमा पुग्नको लागि १९ घण्टाको समय लगाउने छ ।

नासाका बैज्ञानिकहरुले भनेका छन् कि यो स्पेसएक्सको लागि ऐतिहासिक क्षण हो, जुन कक्षाकोठामा मानिस प्रक्षेपण गर्ने पहिलो निजी कर्पोरेसन समेत बनेको छ । रकेट उडान कार्यक्रममा अमेरिकाका राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेंस, राष्ट्रिय अन्तरिक्ष परिषदका अध्यक्षलगायतको सहभागिता रहेको थियो । उनीहरुले अन्तरिक्षमा मावनसहित यान पठाएर नयाँ युगको शुरुवात गरेको प्रतिक्रिया दिएका छन् । अमेरिकामा पहिलोपटक निजी क्षेत्रबाट निर्माण गरिएको यानले अन्तरिक्षमा उडान भरेको हो । (एजेन्सीको सहयोगमा बेस्टखबर डटकमका लागि पि.एल तरंगले तयार पारेको सामग्री)
रकेट उडानको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...
कोरोना कहरकै बीच बेलायतले ग-र्यो प्राथमिक विद्यालय खोल्ने निर्णय : जुन १ बाट विभिन्न क्षेत्रलाई सहज बनाइने प्रधानमन्त्रीको घोषणा
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२० वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता
२०७६ पुष १५ गते मंगलबार
– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...
Top