पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०२३
चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति एयरलाइन्सको एटिआर–७२ विमान आज बिहान पोखराको नयाँगाउँमा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमान काठमाडौंबाट पोखराका लागि उडेको र पोखरा विमानस्थलमा अवतरण पूर्व दुर्घटनामा परेको बताइएको छ । यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएको सो विमानमा चालक दलका ४ जना सहित कुल ७२ जना यात्रु रहेको बताइएको छ ।

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमानमा ३ जना नाबालक तथा ३ जना बालबालिकासमेत रहेको बताइएको छ । दुर्घटनास्थलमा अहिले विभिन्न सुरक्षा निकाय तथा स्थानीयबासिलगायतको उद्दार टोलीले उद्दार कार्य जारी रहेको छ । दुर्घटनाग्रस्त विमानमा आगो लागेको र दुर्घटनामा घाइते भएर जलेको अवस्थामा रहेकाको उद्दार कार्य भै रहेको घटनास्थलबाट नरेश गिरिले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

पोखराको नयाँ तथा पुरानो विमानस्थलको बीचमा रहेको सेती नदीको किनारमा दुर्घटनास्थल पर्दछ। दुर्घटनापछि विमानमा आगो लागेकोले अहिले विमानमा लागेको आगो निभाउने काम भै रहेको प्रहरीले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको...

दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...

Top