Best Khabar Team | २०७७ आश्विन १९ गते सोमबार
०५ अक्टोबर, २०२०
मार्तडी, बाजुरा । विगत ४ दिनदेखि वेपत्ता रहेका जिल्लाको हिमाली गाउँपालिकाका एकै परिवारका ५ जनाको अवस्था अहिलेसम्म सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मार्तडलीले दिएको जानकारी अनुसार स्थानीय ३० वर्षको शान्ता नेपालीसहित उनका २ छोरा र ३ छोरीको अवस्था ४ दिनसम्म अज्ञात रहेको छ ।

उनीहरु गएको शुक्रबार देखि वेपत्ता भएका छन् । शुक्रबार दिउँसो स्थानीय कवाडी नदीमा नुहाउन गएका उनीहरुको अवस्था त्यसयता सार्वजनिक हुन नसकेको बताइएको छ । शुक्रबारदेखि वेपत्ता हुनेमा ३० वर्षकी शान्ता नेपाली, उनका ५ वर्षकी छोरी आरती नेपाली, ४ वर्षकी सन्तोषी नेपाली, १ वर्षकी किस्मती नेपाली रहेकी छन् । यस्तै २ वर्षका छोरा सम्मान नेपालीपनि सोहीदिनदेखि वेपत्ता रहेका छन् । उनीहरु नुहाउनको लागि नदीमा गएको र त्यसपछि फर्केर घर नआएको उनका आफन्तहरुले बताएका छन् ।
कर्णाली नदिको नजिकै रहेको स्थानीय कवाडी नदीमा नुहाउनको गएपछि उनीहरु नफर्केको र उनीहरुको खोजीको लागि प्रहरी र स्थानीय वासिन्दाले विगत ४ देखि प्रयास जारी राखेको बताइएको छ । ४ दिनदेखि वेपत्ता रहेका उनीहरुलाई नदीले बगाएको आशंका गरिएको छ । प्रहरीले वेपत्ता भएकाहरुको आफन्त तथा नातेदारसँग पनि सम्पर्क गरेर उनीहरुको अवस्थाको बारेमा जानकारी लिएको भएपनि अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
शैक्षिक संस्था तत्काल नखुल्ने
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै...
क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...
पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...
उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु
२०७७ श्रावण २८ गते बुधबार
१२ अगस्ट, २०२०काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो...
Top