Best Khabar Team | २०७७ आश्विन १९ गते सोमबार
०५ अक्टोबर, २०२०
मार्तडी, बाजुरा । विगत ४ दिनदेखि वेपत्ता रहेका जिल्लाको हिमाली गाउँपालिकाका एकै परिवारका ५ जनाको अवस्था अहिलेसम्म सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मार्तडलीले दिएको जानकारी अनुसार स्थानीय ३० वर्षको शान्ता नेपालीसहित उनका २ छोरा र ३ छोरीको अवस्था ४ दिनसम्म अज्ञात रहेको छ ।

उनीहरु गएको शुक्रबार देखि वेपत्ता भएका छन् । शुक्रबार दिउँसो स्थानीय कवाडी नदीमा नुहाउन गएका उनीहरुको अवस्था त्यसयता सार्वजनिक हुन नसकेको बताइएको छ । शुक्रबारदेखि वेपत्ता हुनेमा ३० वर्षकी शान्ता नेपाली, उनका ५ वर्षकी छोरी आरती नेपाली, ४ वर्षकी सन्तोषी नेपाली, १ वर्षकी किस्मती नेपाली रहेकी छन् । यस्तै २ वर्षका छोरा सम्मान नेपालीपनि सोहीदिनदेखि वेपत्ता रहेका छन् । उनीहरु नुहाउनको लागि नदीमा गएको र त्यसपछि फर्केर घर नआएको उनका आफन्तहरुले बताएका छन् ।
कर्णाली नदिको नजिकै रहेको स्थानीय कवाडी नदीमा नुहाउनको गएपछि उनीहरु नफर्केको र उनीहरुको खोजीको लागि प्रहरी र स्थानीय वासिन्दाले विगत ४ देखि प्रयास जारी राखेको बताइएको छ । ४ दिनदेखि वेपत्ता रहेका उनीहरुलाई नदीले बगाएको आशंका गरिएको छ । प्रहरीले वेपत्ता भएकाहरुको आफन्त तथा नातेदारसँग पनि सम्पर्क गरेर उनीहरुको अवस्थाको बारेमा जानकारी लिएको भएपनि अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
Climate change & it’s effect in Himalayan Region
२०७६ मंशिर २३ गते सोमबार
Kathmandu . Experts fear that these glaciers in the...
चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए
२०७६ असार ८ गते आइतबार
२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...
नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...
तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले...
Top