Best Khabar Team | २०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९
काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब आलम १४ जनाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनलाई हिजो बिहान प्रहरीले रौतहटबाट पक्राउ गरेको हो । रौतहट क्षेत्रनम्बर २ बाट निर्वाचित सांसद आलम विरुद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
बिहान रौतहटस्थित उनकै घरबाट पक्राउ गरेसँगै प्रहरीले १२ वर्ष अघिको सो घटनाको मुख्य अभियुक्त आलम विरुद्ध मुद्दा चलाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । १२ वर्षअघि रौतहटमा भएकोे बम काण्डको मुख्य अभियुक्तको रुपमा आलम पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेसँगै उनीसँग बयान लिने काम पनि अघि बढाएको छ ।

२०६४ साल चैत २७ गते रौतहटको फरदवम गाउँमा भएको विस्फोटमा २ जनाको ज्यान गएको थियो भने अन्य एक दर्जन बढी घाइते भएका थिए । अचम्मको कुरा के थियो भने सो दुर्घटनामा घाइते भएका केही नेपाली र भारतीय नागरिकहरु दुर्घटनाको ३ दिनपछि गायव भएका थिए । यसरी गायव भएकाहरुलाई काँग्रेस नेता आलमले इँटा भट्टाको भुँग्रोमा हालेर खरानी बनाएको भन्दै सो घटनामा घाइते शेख रुक्सना खातुन र श्री नारायण सिंहले प्रहरीमा उजुरी गरेका थिए ।
घटनापछि प्रहरीमा परेका उजुरीलाई आधार बनाएर प्रहरीले सो घटनाको विषयमा गोप्य अनुसन्धान गरिरहेको थियो । घटनाको १२ वर्षपछि आलम पक्राउ पर्नुका पछाडिको मुख्य कारण भनेको सो घटनासँग सम्बन्धित व्यक्ति नै हुन् । सो घटनामा बेला बम बनाउन प्रयोग गरेका एक जना व्यक्तिले प्रहरीमा सो घटनाको सबै जानकारी दिएपछि अहिले आलम समातिएका हुन् ।
उनले सो घटना आलमकै निर्देशनमा भएको र सो घटनाको आफू प्रत्यक्षदर्शी भएको बताएलगत्तै प्रहरीले विगतमा प्राप्त प्रमाण र साक्षीको उजुरीको आधारमा आलमलाई समातेको हो । स्मरणीय के छ भने तत्कालीन समयमा आलमविरूद्ध जाहेरी दिनेलाई आलममै निर्देशनमा गोली हानिएको थियो । घटनाको २ वर्षपछि २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा आलम श्रम तथा यातायात मन्त्री समेत बनेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने
२०७६ फाल्गुन २० गते मंगलबार
०३ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको...
अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते
२०७६ माघ २६ गते आइतबार
०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...
मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...
उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...
Top