१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ

Best Khabar Team | २०७६ आश्विन २७ गते सोमबार


१४ अक्टोबर, २०१९
काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब आलम १४ जनाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनलाई हिजो बिहान प्रहरीले रौतहटबाट पक्राउ गरेको हो । रौतहट क्षेत्रनम्बर २ बाट निर्वाचित सांसद आलम विरुद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

बिहान रौतहटस्थित उनकै घरबाट पक्राउ गरेसँगै प्रहरीले १२ वर्ष अघिको सो घटनाको मुख्य अभियुक्त आलम विरुद्ध मुद्दा चलाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । १२ वर्षअघि रौतहटमा भएकोे बम काण्डको मुख्य अभियुक्तको रुपमा आलम पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेसँगै उनीसँग बयान लिने काम पनि अघि बढाएको छ ।

२०६४ साल चैत २७ गते रौतहटको फरदवम गाउँमा भएको विस्फोटमा २ जनाको ज्यान गएको थियो भने अन्य एक दर्जन बढी घाइते भएका थिए । अचम्मको कुरा के थियो भने सो दुर्घटनामा घाइते भएका केही नेपाली र भारतीय नागरिकहरु दुर्घटनाको ३ दिनपछि गायव भएका थिए । यसरी गायव भएकाहरुलाई काँग्रेस नेता आलमले इँटा भट्टाको भुँग्रोमा हालेर खरानी बनाएको भन्दै सो घटनामा घाइते शेख रुक्सना खातुन र श्री नारायण सिंहले प्रहरीमा उजुरी गरेका थिए ।

घटनापछि प्रहरीमा परेका उजुरीलाई आधार बनाएर प्रहरीले सो घटनाको विषयमा गोप्य अनुसन्धान गरिरहेको थियो । घटनाको १२ वर्षपछि आलम पक्राउ पर्नुका पछाडिको मुख्य कारण भनेको सो घटनासँग सम्बन्धित व्यक्ति नै हुन् । सो घटनामा बेला बम बनाउन प्रयोग गरेका एक जना व्यक्तिले प्रहरीमा सो घटनाको सबै जानकारी दिएपछि अहिले आलम समातिएका हुन् ।

उनले सो घटना आलमकै निर्देशनमा भएको र सो घटनाको आफू प्रत्यक्षदर्शी भएको बताएलगत्तै प्रहरीले विगतमा प्राप्त प्रमाण र साक्षीको उजुरीको आधारमा आलमलाई समातेको हो । स्मरणीय के छ भने तत्कालीन समयमा आलमविरूद्ध जाहेरी दिनेलाई आलममै निर्देशनमा गोली हानिएको थियो । घटनाको २ वर्षपछि २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा आलम श्रम तथा यातायात मन्त्री समेत बनेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा

२०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन...

युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...

कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो

२०७७ माघ ८ गते बिहिबार

२१ जनावरी, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

Top