विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द

Best Khabar Team | २०७७ भाद्र १ गते सोमबार


१७ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण विश्वका विभिन्न मुलुकमा रोकिएर रहेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले गर्न लागेको ‘रेस्क्यु फ्लाइट’ (उद्दार उडान) अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ १ गतेदेखि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्दार उडानमार्फत् नेपाल ल्याउने तयारी यसअघि सरकारले गरेको थियो । दोश्रोचरणमा चरणमा सरकारले खाडी राष्ट्रलगायत अमेरिका तथा युरोपेली मुलुकबाट नेपालीहरुलाई उद्दार गर्ने तयारी गरेको थियो । तर पछिल्लो समयमा देशभित्र कोरोना संक्रमण बढ्दो क्रममा रहेको र यसरी उद्दार गरेर ल्याइनेहरुका बस्नका लागि आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्थापन नभैसकेकोले उडान स्थगित गर्नुपरेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्रपठाई तत्कालका लागि उद्दार उडान रोक्नका लागि भनेको हो । पत्रमा केन्द्रले उद्दार गरिएकाहरुका लागि क्वारेन्टाइन बनाउनका लागि होटलहरुसमेत प्राप्त नभैसकेको उल्लेख छ । सरकारले विभिन्न देशमा करिब १० हजार नेपालीहरुलाई यसअघि पहिलो चरणको उद्दार उडानमार्फत् नेपाल ल्याएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र

२०७८ श्रावण ८ गते शुक्रबार

२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

Top