Best Khabar Team | २०७७ भाद्र १ गते सोमबार
१७ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण विश्वका विभिन्न मुलुकमा रोकिएर रहेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले गर्न लागेको ‘रेस्क्यु फ्लाइट’ (उद्दार उडान) अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ १ गतेदेखि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्दार उडानमार्फत् नेपाल ल्याउने तयारी यसअघि सरकारले गरेको थियो । दोश्रोचरणमा चरणमा सरकारले खाडी राष्ट्रलगायत अमेरिका तथा युरोपेली मुलुकबाट नेपालीहरुलाई उद्दार गर्ने तयारी गरेको थियो । तर पछिल्लो समयमा देशभित्र कोरोना संक्रमण बढ्दो क्रममा रहेको र यसरी उद्दार गरेर ल्याइनेहरुका बस्नका लागि आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्थापन नभैसकेकोले उडान स्थगित गर्नुपरेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्रपठाई तत्कालका लागि उद्दार उडान रोक्नका लागि भनेको हो । पत्रमा केन्द्रले उद्दार गरिएकाहरुका लागि क्वारेन्टाइन बनाउनका लागि होटलहरुसमेत प्राप्त नभैसकेको उल्लेख छ । सरकारले विभिन्न देशमा करिब १० हजार नेपालीहरुलाई यसअघि पहिलो चरणको उद्दार उडानमार्फत् नेपाल ल्याएको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’
२०७७ बैशाख १८ गते बिहिबार
३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले...
असारे झरीले भत्कियो काठमाडौंको सदरखोर
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...
धादिङ्गकी त्रिपुरासुन्दरी भगवतीलाई ३ महिनाका लागि ‘माइतको मन्दिर’ लगियो
२०७७ मंशिर २२ गते सोमबार
बन्दना सापकोटासल्यानटार, धादिङ्०७ डिसेम्बर, २०२०धादिङ् जिल्लाको साविकको सल्यानकोट गाविसस्थित...
इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो
२०८० आश्विन २३ गते मंगलबार
१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...
Top