Best Khabar Team | २०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०
नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितहरुको सूचीमा भारत तेश्रो नम्बरमा परेको छ । शनिबारसम्म विश्वको तेश्रो बढी कोरोना प्रभावित मुलुकको सूचीमा रसिया रहेको थियो । तर आइतबारसम्म २४ घण्टामा करिब २४ हजार नयाँ कोरोना संक्रमित थपिएसँगै भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको तेश्रो नम्बरमा उक्लिएको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ९७ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भारतमा हालसम्म कोरोनाका कारण १९ हजार ७ सयको ज्यान गएको छ । कोरोनालाई जितेर ४ लाख २४ हजार ८ सय ९१ जना सामान्य जन जीवनमा फर्किएका छन् । भारतभन्दा अघि अब विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितको सूचीमा व्राजिल र अमेरिका रहेका छन् । अमेरिकामा यो समाचार तयार पार्दासम्म २९ लाख ६७ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै अमेरिकामा हालसम्म १ लाख ३२ हजार ४ सय ८९ जनाको कोरोनाकै कारण ज्यान गएको छ । हालसम्म १२ लाख ३९ हजार ७२ जनाले कोरोनालाई जितेका छन् । यस्तै विश्वकै सबैभन्दा बढी कोरोना संक्रमितको सूचीको दोश्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म १५ लाख ७९ हजार ८ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । ब्राजिलमा हालसम्म ६४ हजार ३ सय ८३ जनाको कोरोनाकै कारण ज्यान गएको छ भने ९ लाख ७८ हजार ६ सय १५ जनाले रोगलाई जितेका छन् ।

अब विश्वको सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको ४ नम्बरमा रसिया, पाँच नम्बरमा पेरु र ६ नम्बरमा युरोपेली मुलुक स्पेन परेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा...
एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...
पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...
४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...
Top