Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको दुर्लुङ्गमा गएराति वर्षासँगै आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि हिजो राति अबेरसम्म २ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको बताइएपनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले गरेको खोजी तथा उद्दार कार्यमा आज मध्यान्हसम्म थप ६ जनाको शव भेटिएको छ ।

पर्वतको कुश्मा नगरपापिलकाको वडा नम्बर ३ मा पर्ने दुर्लुङस्थित ढकालबारी भन्ने ठाउँमा स्थानीय दुई घर पहिरोले पुरिएको थियो । घर नजिकै रहेका एउटा डाँडोबाट खसेको पहिरोमा परी स्थानीय तुलबहादुर थापा र कमला विकको घर परिँदा दुई घरमा रहेका ९ जना वेपत्ता भएका थिए ।

प्रहरी र स्थानीय वासिन्दाले गरेको खोजबीनका क्रममा तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र एक ११ वर्षकी बालिकाको शव गएराति निकालिएको छ । थापाको परिवारका ६ जना सदस्य र कमला विकको घरका ३ जना सो पहिरोमा परेर वेपत्ता भएका थिए । वेपत्तामध्ये थप ५ जनाको शव भेटिएको प्रहरीको भनाई छ । घटनामा हराईरहेका एकको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२०काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा...
प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...
स्वर्गद्वारी महाप्रभु !
२०७७ माघ २८ गते बुधबार
– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल...
Top