Best Khabar Team | २०७७ चैत्र २४ गते मंगलबार
०६ अप्रिल, २०२१
काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट चीन सरकारको अनुदानमा प्राप्त कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको बीर अस्पताललगायतका अस्पतालबाट थप अर्को चरणमा कोरोनाको खोप लगाउन शुरु गर्न लागिएको हो ।

यसअघि भारत सरकारको सहयोगमा प्राप्त कोरोना खोपलगाएर पहिलो पटक नेपालले कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु गरेको थियो । चीन सरकारको अनुदानमा प्राप्त खोपलाई सरकारले नेपाल बायुसेवा निगमको विमान चार्टर गरेर काठमाडौं ल्याएको थियो ।
सरकारले भोलिदेखि काठमाडौ उपत्यकाका निम्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गर्ने जनाएको छ । सरकारले चीन सरकारको सहयोगमा प्राप्त ८ लाख कोरोना विरुद्धको खोप पहिलो चरणमा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल तथा ट्रेकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारी, हिमालय सीमा व्यापार गर्ने नेपाली व्यवसायी, औषधी पसलमा कार्यरत कर्मचारी, इन्टरनेट सेवा प्रदायक क्षेत्रमा कार्यरत कर्मचारी, चीनमा अध्ययनमा जाने विद्यार्थीलगायतलाई लगाउने सूची तयार गारिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका निम्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने छ ।
चीनले अनुदानमा दिएको खोप उपलब्ध हुने अस्पतालहरु
चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरासेल नामक कोरोना भाइरसविरुद्धको खोप चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई केहीदिनअघि त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरेकी थिइन् ।
स्वास्थ्य अधिकारीहरुका अनुसार सो खोपलाई २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्न सकिने छ । हाल नेपालमा प्रयोगमा रहेको भारतीय उत्पादन कोभिशिल्ड भन्दा यो खोप बढी प्रभावकारी भएको विभिन्न परीक्षणहरुको दाबी छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा...
पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
उखु किसानको आँसु मिसिएको गुलियो चिनी बेच्दै सरकार
२०७६ पुष १८ गते शुक्रबार
३ जनवरी, २०२०काठमाडौंमा उखु किसानले आन्दोलन गरेको करिब २...
Top