उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

Best Khabar Team | २०७७ चैत्र २४ गते मंगलबार


०६ अप्रिल, २०२१
काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट चीन सरकारको अनुदानमा प्राप्त कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको बीर अस्पताललगायतका अस्पतालबाट थप अर्को चरणमा कोरोनाको खोप लगाउन शुरु गर्न लागिएको हो ।

यसअघि भारत सरकारको सहयोगमा प्राप्त कोरोना खोपलगाएर पहिलो पटक नेपालले कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु गरेको थियो । चीन सरकारको अनुदानमा प्राप्त खोपलाई सरकारले नेपाल बायुसेवा निगमको विमान चार्टर गरेर काठमाडौं ल्याएको थियो ।

सरकारले भोलिदेखि काठमाडौ उपत्यकाका निम्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गर्ने जनाएको छ । सरकारले चीन सरकारको सहयोगमा प्राप्त ८ लाख कोरोना विरुद्धको खोप पहिलो चरणमा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल तथा ट्रेकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारी, हिमालय सीमा व्यापार गर्ने नेपाली व्यवसायी, औषधी पसलमा कार्यरत कर्मचारी, इन्टरनेट सेवा प्रदायक क्षेत्रमा कार्यरत कर्मचारी, चीनमा अध्ययनमा जाने विद्यार्थीलगायतलाई लगाउने सूची तयार गारिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका निम्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने छ ।

चीनले अनुदानमा दिएको खोप उपलब्ध हुने अस्पतालहरु

  • १.काठमाडौ मेडिकल कलेज, सिनामंगल
  • २.वीर अस्पताल, रत्नपार्क
  • ३.परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल थापाथली
  • ४.शिक्षण अस्पताल, महाराजगञ्ज ।
  • ५.नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज ।
  • ६.शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसबारी
  • ७. वीरेन्द्र शैनिक अस्पताल, छाउनी
  • ८. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
  • ९ ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल
  • १०. क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटी
  • ११. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
  • १२. निजामती कर्मचारी अस्पताल,
  • १३. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नरदेवी
  • १४. नेपाल मेडिकल कलेज, अत्तरखेल

चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरासेल नामक कोरोना भाइरसविरुद्धको खोप चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई केहीदिनअघि त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरेकी थिइन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार सो खोपलाई २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्न सकिने छ । हाल नेपालमा प्रयोगमा रहेको भारतीय उत्पादन कोभिशिल्ड भन्दा यो खोप बढी प्रभावकारी भएको विभिन्न परीक्षणहरुको दाबी छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

२०७७ श्रावण १८ गते आइतबार

०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...

भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...

रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

२०८१ पुष २४ गते बुधबार

०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...

Top