विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार


२७ अप्रिल, २०२०
कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका एक व्यक्तिको शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि जलाईरहेको शव नै बगाएको छ । सो घटनाको विषयमा खिचिएको भिडियो यतिबेला फेसबुकमा भाइरल भएको छ ।

शव जलाउँदै गर्दा एक्कासी माथिबाट फाकखोलामा धमिलो पानीसहित खोलाको शतह बढेपछि जलाउँदै गरेको शव पनि खोलाले बगाएर लगेको छ । यो घटनाको भिडियो इलामको फाकपोकथुम गाउँपालिकाका कम्प्युटर अपरेटर टि एन सारुमगरले आफ्नो फेसबुकमा राखेका छन् । गाउँपालिकामै पर्ने फाकखोला दिउँसो एक्कासी विना वर्षाद् नै उर्लिएर आएको हो । तर खोलामा उर्लिएर आएको पानी हेर्दा माथितिर बर्षात् भएको अनुमान लगाउन सकिन्छ ।

खोला सान्त भएपछि पुनः सो शवको अन्त्यष्टि गरिएको बताइएको छ । विरलै देखिन यस्तो घटना भएर पनि होला यतिबेला फेसबुकमा यो भिडियो भाइरल बनेको छ ।

हामीले यो भिडियो उनै सारुमगरको फेसबुक पेजबाट साभार गरेका हौं । यो घटनाबाट खोलाको बीचमा वा खोला छेउमा कुनै काम गर्दा प्रशस्त सावधानी अपनाउनुपर्नेतर्फ सबैलाई सचेत समेत गराएको छ । भिडियो हेर्न तलको युट्युव लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ज्ञान लिएर जाने होइन, छोडेर जाने हो ज्ञान लिएर जाने होइन, छोडेर जाने हो

२०७७ मंशिर २७ गते शनिबार

– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...

बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...

प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो

२०७७ श्रावण ४ गते आइतबार

१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर...

बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना  पोजिटिभ बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप...

Top