Best Khabar Team | २०७६ पुष ६ गते आइतबार

२२ डिसेम्बर, २०१९
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि छानबिनको दायरामा परेको आजको कान्तिपुर समाचारमा उल्लेख छ । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारका अधिकारीले पूर्वप्रधानमन्त्री नेपालसँग सोधपुछ गरेको समाचारमा जनाइएको छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री बनेका बेला मन्त्रीपरिषद्ले निर्णय गरी सो जग्गा व्यक्तिको नाममा गरिएको भेटिएपछि अख्तियारले अत्यन्तै गोप्य तवरबाट अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको हो । अख्तियारले पूर्व प्रमुख प्रमुख दिप बस्यातस्वयंसँग बयान लिने क्रममा तत्कालीन प्रधानमन्त्री नेपाल र गृहमन्त्री माधव घिमिरेको निर्देशन अनुसार आफूले प्रक्रिया अघि बढाएको बताएपछि पूर्वप्रधानमन्त्री नेपालसँग सोधपुछ अघि बढाएको हो ।
तत्कालीन मूख्यसचिव माधव घिमिरे भने सडक दुर्घटनामा परी अहिलेसम्म हराईरहेकाले यो विषय टुंगिएपछि छानबिन नेपालतर्फ मोडिएको अख्तियार स्रोतको भनाई छ । अख्तियार स्रोतले पूर्वप्रम नेपालसँग लिखित जवाफ मागिएको हो । छानबिनका क्रममा पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग सोधपुछ गरिएको अख्तियारका स्रोतको भनाई छ । पौडेलसँग नेपाल प्रहरीको सिआईबी टोलीले सोधपुछ गरेको थियो ।
स्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपालले भने आफूसँग कसैले जवाफ नमागेको भन्दै यो प्रकरणमा आफू निर्दोष रहेको बताउँदै आउनुभएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा
२०७६ असार १६ गते सोमबार
०१ जुलाई, २०१९ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
अष्ट्रेलियामा आगोको वितण्डा
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...
कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)
२०७६ चैत्र २२ गते शनिबार
पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण...
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति
२०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...
Top