बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ

Best Khabar Team | २०७६ पुष ६ गते आइतबार


२२ डिसेम्बर, २०१९
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि छानबिनको दायरामा परेको आजको कान्तिपुर समाचारमा उल्लेख छ । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारका अधिकारीले पूर्वप्रधानमन्त्री नेपालसँग सोधपुछ गरेको समाचारमा जनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री बनेका बेला मन्त्रीपरिषद्ले निर्णय गरी सो जग्गा व्यक्तिको नाममा गरिएको भेटिएपछि अख्तियारले अत्यन्तै गोप्य तवरबाट अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको हो । अख्तियारले पूर्व प्रमुख प्रमुख दिप बस्यातस्वयंसँग बयान लिने क्रममा तत्कालीन प्रधानमन्त्री नेपाल र गृहमन्त्री माधव घिमिरेको निर्देशन अनुसार आफूले प्रक्रिया अघि बढाएको बताएपछि पूर्वप्रधानमन्त्री नेपालसँग सोधपुछ अघि बढाएको हो ।

तत्कालीन मूख्यसचिव माधव घिमिरे भने सडक दुर्घटनामा परी अहिलेसम्म हराईरहेकाले यो विषय टुंगिएपछि छानबिन नेपालतर्फ मोडिएको अख्तियार स्रोतको भनाई छ । अख्तियार स्रोतले पूर्वप्रम नेपालसँग लिखित जवाफ मागिएको हो । छानबिनका क्रममा पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग सोधपुछ गरिएको अख्तियारका स्रोतको भनाई छ । पौडेलसँग नेपाल प्रहरीको सिआईबी टोलीले सोधपुछ गरेको थियो ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपालले भने आफूसँग कसैले जवाफ नमागेको भन्दै यो प्रकरणमा आफू निर्दोष रहेको बताउँदै आउनुभएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’ एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई...

कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

महजोडी बने यो वर्षको ‘महामुर्ख’ महजोडी बने यो वर्षको ‘महामुर्ख’

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ...

उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...

Top