दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार


०५ जुन, २०२०
काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका लागि छुटेका डेढसय बढी नेपालीहरुसहित एयर अरेवियाको विमान चढेर काठमाडौं अवतरण गरेको छ । उनीहरु आज साँझ ६ बजेर १० मिनेट जाँदा काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई राजधानीका विभिन्न स्थानमा बनाइएको ‘होल्डिङ्ग सेन्टर’ पु-याइएको छ । हाल काठमाडौं, ललितपुर र भक्तपुरका करिब १ दर्जन स्थानमा बनाइएका होल्डिङ्ग सेन्टरमा उनीहरुलाई राखिएको छ ।

विमानस्थलबाट नेपाली सेनाले सबैको तथ्यांक लिएर उनीहरुको स्थायी घर अनुसार हरेक प्रदेशका नागरिकका लागि बेग्लाबेग्लै स्थानमा लगिएको हो । देशको सातवटै प्रदेशका नागरिकलाई बस्न मिल्ने गरी काठमाडौंमा क्वारेन्टाइन र होल्डिङ्ग सेन्टर स्थापना गरिएको छ । काठमाडौं आइपुगेकाहरुलाई आजको राती त्यही राखिने र भोलि बिहान सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा राखिने बताइएको छ । उनीहरुले क्वारेन्टाइनमा कम्तीमा २ साता विताउनुपर्ने हुन्छ ।

तस्वीरहरु : प्रदिप शर्मा । बेस्टखबर डटकम

१ जना बालकसहित १ सय ६९ जना नागरिक र एउटा शव समेत लिएर एयर अरेवियाको विमान दुबईको स्थानीय समय अनुसार बिहान १२ बजे सार्जा विमानस्थलबाट उडेको थियो । सरकारले विदेशमा रहेका र तत्काल नेपाल फर्कन चाहने र बाध्यतामा रहेका नेपालीहरुलाई लक्षित गरी उद्दार कार्य थालेसँगै आज पहिलो पटक विदेशबाट नेपाली नागरिकहरु आउन शुरु गरेका हुन् । यस क्रममा आजै बर्माबाट पनि बिहान २६ जना नेपाली स्वदेश फर्केका थिए ।

यसअघि दुबईबाट १ सय ५७ जना यात्रुसहित विमान नेपाल आएको जानकारी प्राप्त भएपनि नेपाल आउनेको संख्या १ सय ६९ रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’ स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न...

थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...

सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...

Top