विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार

Best Khabar Team | २०७६ माघ १ गते बुधबार


फाइल तस्वीर

१५ जनवरी, २०२०
काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको जग्गा हिनामिना प्रकरणका एक अभियुक्त शोभाकान्त ढकालको घरमा अज्ञात समूहले केहीबेरअघि बम प्रहार गरेको छ । काठमाडौंको सानो भ-याङ्गस्थित ढकालको घरमा आज साँझ साढे ७ बजेतिर नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विस्फोट गराएको हो ।

विस्फोटबाट ढकालको घरको झ्यालको सिसाहरु फुटेको छ । यस्तै, विस्फोटबाट उनको घरभित्र पार्क गरिराखिएको निजी गाडीमा समेत क्षति पुगेको छ । विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जिम्मा लिएको छ । घटनालगत्तै प्रहरी अहिले घटनास्थलमा पुगेको छ । विस्फोटको आवाज काठमाडौंको बालाजु, कलंकी, ठमेललगायतका क्षेत्रमा सुनिएको थियो ।

बालुवाटारस्थित ललिता निवासको उक्त सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने प्रमुख खलपात्रका रुपमा चिनिन्छन् शोभाकान्त ढकाल र रामकुमार सुवेदी ।

घटनास्थलमा फेला परेको विप्लव माओवादीको पर्चा ।

जसलाई प्रहरीले फेला पार्न नसकेको बताउँछ ।अख्तियार स्रोत अनुसार अख्तियारमा समेत उनीहरू बयानका लागि आएका छैनन् । यस अघि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको  थियो, जुन समितिले उक्त अभियुक्तहरुलाई ‘भू–माफिया’ भनेर किटान गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रसंघीय मानवअधिकार परिषद्को  उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै

२०७६ फाल्गुन १० गते शनिबार

२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...

पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित) दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

स्वस्थानी व्रत–कथाको सामाजिक महत्व स्वस्थानी व्रत–कथाको सामाजिक महत्व

२०७६ मंशिर २३ गते सोमबार

यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस...

Top