विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार

Best Khabar Team | २०७६ माघ १ गते बुधबार


फाइल तस्वीर

१५ जनवरी, २०२०
काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको जग्गा हिनामिना प्रकरणका एक अभियुक्त शोभाकान्त ढकालको घरमा अज्ञात समूहले केहीबेरअघि बम प्रहार गरेको छ । काठमाडौंको सानो भ-याङ्गस्थित ढकालको घरमा आज साँझ साढे ७ बजेतिर नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विस्फोट गराएको हो ।

विस्फोटबाट ढकालको घरको झ्यालको सिसाहरु फुटेको छ । यस्तै, विस्फोटबाट उनको घरभित्र पार्क गरिराखिएको निजी गाडीमा समेत क्षति पुगेको छ । विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जिम्मा लिएको छ । घटनालगत्तै प्रहरी अहिले घटनास्थलमा पुगेको छ । विस्फोटको आवाज काठमाडौंको बालाजु, कलंकी, ठमेललगायतका क्षेत्रमा सुनिएको थियो ।

बालुवाटारस्थित ललिता निवासको उक्त सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने प्रमुख खलपात्रका रुपमा चिनिन्छन् शोभाकान्त ढकाल र रामकुमार सुवेदी ।

घटनास्थलमा फेला परेको विप्लव माओवादीको पर्चा ।

जसलाई प्रहरीले फेला पार्न नसकेको बताउँछ ।अख्तियार स्रोत अनुसार अख्तियारमा समेत उनीहरू बयानका लागि आएका छैनन् । यस अघि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको  थियो, जुन समितिले उक्त अभियुक्तहरुलाई ‘भू–माफिया’ भनेर किटान गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

२०७७ भाद्र १८ गते बिहिबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...

लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...

Top