Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । आज उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । आज उदउपुरको त्रियुगा नगरपालिकामा रहेका नुरी मस्जीद आसपासको बस्तीमा बस्दै आएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज संक्रमित भएका ३ जना पुरुष रहेका छन् । उनीहरुमा एकजना ७२ वर्षका, एकजना ६० वर्षका र अर्का २४ वर्षका युवक रहेका छन् । यसअघि सोही मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण भएर हाल विराटनगरमा उपचाररत छन । स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि ४३ जनामा कोरोना संक्रमण भएको भएपनि आज थप ३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको हो ।
यी मध्ये ११ जना भारतीय नागरिक रहेका छन् । संक्रमित मध्ये ७ जना निको भएर घर फर्केका छन् । आजमात्रै सुदुरपश्चिममा १ र काठमाडौंमा एकजना कोरोना संक्रमणलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...
करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...
हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...
विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै
२०८१ पुष २१ गते आइतबार
०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...
Top