देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो

Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार


२२ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । आज उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । आज उदउपुरको त्रियुगा नगरपालिकामा रहेका नुरी मस्जीद आसपासको बस्तीमा बस्दै आएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज संक्रमित भएका ३ जना पुरुष रहेका छन् । उनीहरुमा एकजना ७२ वर्षका, एकजना ६० वर्षका र अर्का २४ वर्षका युवक रहेका छन् । यसअघि सोही मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण भएर हाल विराटनगरमा उपचाररत छन । स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि ४३ जनामा कोरोना संक्रमण भएको भएपनि आज थप ३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको हो ।

यी मध्ये ११ जना भारतीय नागरिक रहेका छन् । संक्रमित मध्ये ७ जना निको भएर घर फर्केका छन् । आजमात्रै सुदुरपश्चिममा १ र काठमाडौंमा एकजना कोरोना संक्रमणलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान

२०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका...

जुम्ला र स्याङ्जाका ४ जनासहित  थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो जुम्ला र स्याङ्जाका ४ जनासहित थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २...

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...

आफ्ना नागरिकलाई  तत्काल इराक छाड्न अमेरिकाको निर्देशन आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...

Top