Best Khabar Team | २०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९
काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नौमती बाजा समुहले महिलालाई वाद्य वाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ ।
समुहकी अध्यक्ष जानुका पौडेलले यो समुहका महिलाले देशमा पहिलोपटक पञ्चेबाजा बजाएर इतिहास रचेको बताइन् । विभिन्न चुनौतीहरु पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरुक बनाएको उनको भनाई थियो । उनले भनिन्, हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमा नयाँ सन्देश फैलाएका छौं ।
पौडेलले पाँच स को अभियान अनुसार ऐतिहासिक संस्कृतिको संरक्षण संवद्र्धन, सामाजिक सम्मान, आत्मबल र आत्मसम्मान अभिवृद्धि, समृद्धिको अभियानमा महिलाको सक्रिय सहभागिता, सामाजिक विकृति विसंगतिको चिरफार गर्दै सुसंस्कृति निर्माणका लागि सन्देश प्रवाह गरिरहेको बताइन् ।
२०६९ सालमा आठमार्च स शक्तिकरण मञ्चमार्फत् स्थापना भई २०७० सालबाट महिलालाई नौमती बाजा तालिम दिन शुरु गरिएको पौडेलको भनाई थियो । त्यस क्रममा पहिलो टोली बिघटन भएको, दोस्रो टोली पलायन, तेस्रो टोलीले विद्रोह गरेको र अहिले दुईवटा टोली सक्रियताका साथ संस्था अन्र्तगत सक्रिय भएको जानकारी दिइन् । तालिम दिने क्रम जारी रहेको पौडेलले बताइन् । उनले भनिन्, सबै किसिमका आरोह र अवरोह पार गर्दै नौमती बाजा समूह निरन्तर सक्रिय छ । तालिम दिने क्रममा एक व्यक्ति बराबर ८० हजार खर्च भएको जानकारी गराउँदै विद्रोह गर्ने कृष्ण क्षेत्रीलगायतको समूहले ऋणमा पारेर गएको पौडेलले बताइन् ।
महिला नौमती बाजा समुहको इतिहासलाई छोपेर व्यक्तिगत लाभमा केही व्यक्तिहरु सक्रिय भएकाले सचेत रहन आग्रह गरिन् । महिलाहरु नौमती बजाएर उत्पादनशील कार्यमा लागेबाट समाजमा सही सन्देश गइरहेको पौडेलले बताइन् । बजाउने महिलामा आत्मबल बढिरहेको र बजाएको देख्नेहरुमा पनि महिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाई थियो । समाजमा सही सन्देश जाँदा आफूहरु उत्साहित भएको बताइन् ।
प्रशिक्षणका लागि आर्थिक खर्च, तालिमका लागि सही स्थानको अभाव र तालिम लिंदा र लिइसकेपछि प्रशिक्षण लिनेहरुलाई टिकाउनै कठिन हुनेगरेको अनुभव सुनाइन् । विद्रोह गर्ने र धोका दिनेहरुका कारण केही समस्या भएपनि चुनौतीसँग लडेर अगाडि बढ्ने बताइन् । सबै किसिमको चुनौतीका बाबजुद महिला नौमती बाजा समुह निरन्तर सक्रिय भइरहेको उनको भनाई छ ।

विवाह, ब्रतबन्ध, विदेशी पाहुनाहरुको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोह देखि विशेष कार्यक्रममा आफूहरुले नौमती बाजाको प्रस्तुती गर्ने गरेको जानकारी दिइन् । कार्यक्रममा महिला नौमति बाजा समुहले वाद्य वाधन र गायन कला समेत प्रदर्शन गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन
२०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...
युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ मड्रिड । नेपालका गुरुङ समुदायले आज...
पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए
२०८२ बैशाख २४ गते बुधबार
०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...
सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...
Top