युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’

Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार


२३ फेब्रुअरी, २०२०
रोम । युरोपमा हालसम्म सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितहरुको संख्या इटलीमा देखिएको छ । सञ्चारमाध्यमहरुले जनाएअनुसार इटलीमा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाको ज्यान गएको छ भने करिब १ सयमा नयाँ संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यस्तै सरकारले इटलीका भेनेटो, लोम्बार्डीलगायतका एकदर्जन शहरहरुका सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनेका छन् । ती शहरहरुमा विद्यालय, हवाई सेवा, सार्वजनिक बसलगायतका सेवाहरु तत्कालका लागि बन्द गरिएको छ । गएराति प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा सार्वजनिक गर्दै उत्तरी इटलीका एक दर्जन शहरहरुलाई उच्च निगरानीमा राखेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले नागरिकहरुलाई शहर छाड्न र प्रवेश गर्न निषेश गरेको घोषणा गरेका छन् । अत्यावश्यक अवस्थामा भने स्थानीय प्रशासनसँग अनुमति लिएर बाहिर जान सकिने बताइएको छ । यसका कारण त्यस क्षेत्रमा रहेका करिब ५० हजार मानिसहरुले तत्काल घरभित्रै बस्नुपर्ने अवस्था सिर्जना भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ । ती क्षेत्रका विद्यालय, क्याम्पसलगायत पनि बन्द गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

२०७६ पुष १ गते मंगलबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...

अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित...

Top