युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’

Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार


२३ फेब्रुअरी, २०२०
रोम । युरोपमा हालसम्म सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितहरुको संख्या इटलीमा देखिएको छ । सञ्चारमाध्यमहरुले जनाएअनुसार इटलीमा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाको ज्यान गएको छ भने करिब १ सयमा नयाँ संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यस्तै सरकारले इटलीका भेनेटो, लोम्बार्डीलगायतका एकदर्जन शहरहरुका सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनेका छन् । ती शहरहरुमा विद्यालय, हवाई सेवा, सार्वजनिक बसलगायतका सेवाहरु तत्कालका लागि बन्द गरिएको छ । गएराति प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा सार्वजनिक गर्दै उत्तरी इटलीका एक दर्जन शहरहरुलाई उच्च निगरानीमा राखेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले नागरिकहरुलाई शहर छाड्न र प्रवेश गर्न निषेश गरेको घोषणा गरेका छन् । अत्यावश्यक अवस्थामा भने स्थानीय प्रशासनसँग अनुमति लिएर बाहिर जान सकिने बताइएको छ । यसका कारण त्यस क्षेत्रमा रहेका करिब ५० हजार मानिसहरुले तत्काल घरभित्रै बस्नुपर्ने अवस्था सिर्जना भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ । ती क्षेत्रका विद्यालय, क्याम्पसलगायत पनि बन्द गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...

औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...

Top