नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि

Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार


२९ जुलाई, २०२०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सरकारले साउन ८ गतेदेखि लकडाउन खुल्ला भएको जानकारी गराएपछि आज एकैदिन ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो कुल १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता आज सरकारले अद्याबधिक गराएको तथ्यांक अनुसार थप ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

दुईदिनअघि मात्रैको तथ्यांक हेर्ने हो भने पनि १ सय ३० जनामा कोरोना संक्रमण देखिएको थियो । लकडाउन खुल्ला भएसँगै मानिसहरुको चाप बढ्दै जाँदा जोखिम पनि बढेको र त्यसैका कारण संक्रमितको संख्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्गजामा कार्यरत ३७ जना र काठमाडौंस्थित प्रहरी मुख्यालयमा कार्यरत २३ जना प्रहरीमा कोरोना देखिएसँगै कोरोना समुदायमै फैलिएको हनुसक्ने आशंका गरिएको छ ।

यस्तै पर्सा कपिलबस्तुमा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण फैलिएको देखिएको त्यहाँ पछिल्लो पटक भेटिएका संक्रमितहरुको तथ्यांकले देखाएको छ । आज थप ३ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा अहिलेसम्म १९ हजार ६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै कुल १३ हजार ७ सय ५४ जनाले अहिलेसम्म कोरोनालाई जितेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा कोरोनाबाट  थप २ नेपालीको ज्यान गयो बेलायतमा कोरोनाबाट थप २ नेपालीको ज्यान गयो

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट...

रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...

काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा...

नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित) नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...

Top