नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि

Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार


२९ जुलाई, २०२०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सरकारले साउन ८ गतेदेखि लकडाउन खुल्ला भएको जानकारी गराएपछि आज एकैदिन ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो कुल १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता आज सरकारले अद्याबधिक गराएको तथ्यांक अनुसार थप ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

दुईदिनअघि मात्रैको तथ्यांक हेर्ने हो भने पनि १ सय ३० जनामा कोरोना संक्रमण देखिएको थियो । लकडाउन खुल्ला भएसँगै मानिसहरुको चाप बढ्दै जाँदा जोखिम पनि बढेको र त्यसैका कारण संक्रमितको संख्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्गजामा कार्यरत ३७ जना र काठमाडौंस्थित प्रहरी मुख्यालयमा कार्यरत २३ जना प्रहरीमा कोरोना देखिएसँगै कोरोना समुदायमै फैलिएको हनुसक्ने आशंका गरिएको छ ।

यस्तै पर्सा कपिलबस्तुमा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण फैलिएको देखिएको त्यहाँ पछिल्लो पटक भेटिएका संक्रमितहरुको तथ्यांकले देखाएको छ । आज थप ३ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा अहिलेसम्म १९ हजार ६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै कुल १३ हजार ७ सय ५४ जनाले अहिलेसम्म कोरोनालाई जितेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : विदेशमा  रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...

बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’ बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले...

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’ मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...

काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै...

Top