Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०
काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित भेटिएको थियो । तर त्यसको २ घण्टा वित्न नपाउँदै मन्त्रालयले अर्को अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पाल्पाको निस्दी गाउँपालिकामा १७ र ३६ वर्ष उमेरका २ जना पुरुष, नवलपरासीको सरावल गाउँपालिकामा ६ वर्षका एक बालक, गुल्मीको रेसुंगा नगरपालिकामा २६ वर्षका पुरुष, कपिलबस्तुको मायादेवी गाउँपालिकामा १९ देखि ४० वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीको गैडहवा गाउँपालिकामा ३ वर्षकी बालिका र ५४ वर्षका पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेका छ ।

यो सँग सम्बन्धित अघिल्लो समाचार तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन...
कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...
कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...
नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै
२०७७ माघ ११ गते आइतबार
२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...
Top