Best Khabar Team | २०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३
काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । राति ११ बजेर ४९ मिनेट जाँदा काठमाडौं उपत्यकालगायत पश्चिम नेपालको धनगढी र भारतका केही भागमा समेत भूकम्पको धक्का महशुस गरिएको स्थानीयहरुले बताएका छन् ।

भूकम्पको धक्का कपिलबस्तुदेखि रामेछापसम्मका जिल्लामा महशुस भएको अहिलेसम्म प्राप्त जानकारीमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु पश्चिम नेपालको जाजरकोट जिल्लाको रामीडाँडा भएको बताइएको छ । यसको विस्तृत विवरण प्राप्त भै सकेको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको थियो ।
भूकम्पले के कति क्षति भयो भन्ने विषयमा जानकारी प्राप्त भएको छैन । मध्यरातमा भूकम्प गएपछि काठमाडौं उपत्यकालगायतका जिल्लाका स्थानीयहरु घर बाहिर सडकमा निस्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...
इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई...
देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...
देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको...
Top