‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे

Best Khabar Team | २०७५ चैत्र ८ गते शुक्रबार


२२ मार्च, २०१९
काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी कसैलाई कातर भनेर हेप्नुप-यो भने कस्तो लुते कुकुर जस्तो भन्ने गर्दछौं । तर यसरी कातर भनेर तुलना गर्ने कुकुरले गोर्खामा भने बाघ नै मारेका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ९ भोर्लेमा स्थानीय एक कृषकको बाख्रा फारममा पुगेको चितुवालाई फार्मको सुरक्षामा खटिएका कुकुरहरुले आक्रमण गरी मारेका छन् ।

करिब डेढ घण्टासम्म चलेको चितुवा र कुकुरको भिडन्तको क्रममा एउटा कुकुर पनि मरेको छ । छ वटा कुकुर मिलेर स्थानीय फुचुङ लामाको बाख्रा फार्ममा पसेको चितुवालाई आक्रमण गरेका थिए । सो भिडन्तमा परी एउटा कुकुर र चितुवा मरेको छ भने दुईवटा कुकुर घाईते भएका छन् । ५ फिट लम्बाई र २ फिट उचाई रहेको सो चितुवा जंगलमा पाईने सामान्य चितुवा भएको जिल्ला बन कार्याले जनाएको छ ।

सुन्दा अचम्म लाग्ने यो घटना पछि स्थानीय वासिन्दा अहिले घटना स्थलमा पुगेर चितुवासँग भिडन्त गर्ने घाइते कुकुरप्रति सहानुभूति प्रकट गरिरहेका छन् । मुचुल्का गरिसकेपछि चितुवालाई सुरक्षित स्थानमा गाड्ने बताईको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित) चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

Top