Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । स्वास्थय मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न अस्पतालमा उपचारमा रहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यस्तै यही अवधिमा देशभर थप ४ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

देशभर भएको ३ हजार ५८८ परीक्षणमध्ये ४९० जनामा संक्रमण देखिएको हो । यस्तै । ५ सय ६४ एन्टिजेन परीक्षणमध्ये थप ४४ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङ्गमा उल्लेख छ । मन्त्रालयका अनुसार काठमाडौंमा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण देखिएको छ ।
यस्तै यही अवधिमा देशभर कोरोना निको भएर १५७ जना घर फर्केका छन् हालसम्म कोरोनाका कारण देशभर ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जोखिम बढेको भन्दै विद्यालयलगायतका क्षेत्रमा नजान सबैलाई अनुरोध गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...
दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...
वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा...
पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै
२०८० फाल्गुन १ गते मंगलबार
१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...
Top