राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने

Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार


११, फेब्रुअरी-२०२०
काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य र छलफलपछि चीनको बुहानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने मिति टुंगो लगाएको छ । आज प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी फागुन ३ गते चीनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने निर्णय गरेको हो । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् उनीहरुलाई नेपाल ल्याइने र विमानस्थलबाट सिधै खरीपाटीस्थित ‘निगरानी’ सेन्टरमा राखिने छ ।

हालसम्म चीनको बुहान प्रान्तमा रहेका १ सय ८० नेपालीले परराष्ट्रमार्फत् स्वदेश फिर्ताको लागि फर्म भरेका छन् । उनीहरुलाई लिन चिकित्सकसहितको टोली फागुन तीन गते बुहान जाने बताइएको छ । त्यसका लागि चिनियाँ दुतावासमार्फत् त्यहाँका सरकारी पदाधिकारीहरुसँग आवश्यक छलफल भै रहेको परराष्ट्रमन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरुलाई विमनस्थल ल्याएसँगै अत्यन्तै सुरक्षित ढंगले खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा पु-याइएने छ ।

त्यहाँ उनीहरुको सुरक्षा जाँच तथा ‘क्वारेन्टाइन’का लागि करिब ७० जना चिकित्सहरु रहने छन् । कोरोना भाईरस भए नभएको बारेमा उनीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै १५ दिन ‘पर्ख र हेर’ को अवस्थामा उनीहरुलाई अब्जरभेसनमा राखिने छ । यद्यपि नेपालस्थित चिनियाँ दुतावासले भने बुहान प्रान्तमा रहेका कोही पनि नेपालीलाई हालसम्म कोरोनाको संक्रमण नदेखिएको स्पष्ट पारिसकेको छ ।

चीनको बुहान प्रान्तमा थुनिएका नेपालीहरुको चर्को आग्रह तथा उनीहरुको अभिभावकको हारगुहार पछि सरकारले उनीहरुलाई ल्याउन तदारुकता देखाएको हो । हिजोमात्रै राष्ट्रिय मानवअधिकार आयोगले समेत सरकारललाई बुहान प्रान्तमा रहेका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन आग्रह गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले

२०७६ पुष ७ गते सोमबार

तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै  १९ अर्ब बुझाउन बाँकी एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...

बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै...

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...

Top