Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा देशको राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेका छन् । आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लकडाउन खुकुलो बनाएसँगै काठमाडौंमा बाहिरी जिल्लाबाट मानिसहरुको आउने क्रम बढेको तर्फ लक्षित गर्दै कोरोना संक्रमणपछि बढेको बताएका हुन् ।

उनले सरकारले कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराखेको भन्दै आम नागरिकलाई सचेत रहन आग्रह समेत गरेका छन् । उनले चिकित्स्कहरुले अथक रुपमा कोरोना नियन्त्रणको लागि काम गरिरहेको भन्दै जनस्तरबाट पनि यसको जोखिम फैलिन नदिनँ सचेतना अपनाउनुपर्नेमा जो दिएका छन् । उनले कोरोना नियन्त्रणका लागि चिकित्सकहरुले हालसम्म गरिरहेको प्रयासको मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा काठमाडौंमा कोरोनाको संक्रमण बढ्दो दिशामा अघि बढेको भन्दै सबैले सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।
सरकारले काठमाडौं उपत्यकालगायत देशका सबै जिल्लाहरुमा व्यवसाय सञ्चालन तथा सार्वजनिक गाडी सञ्चालनका लागि अनुमतिसमेत प्रधान गरिसकेको छ । त्यहि कारणले बाहिरी जिल्लामा भएकाहरु पनि काठमाडौं फर्केर आफ्नो जागिर तथा पेशा व्यवसायमा लाग्न थालेका छन् । जसका कारण पछिल्ला दिनहरुमा काठमाडौंमा बाहिरि जिल्लाबाट आउनेहरुको चाप ह्वात्तै बढेको छ । काठमाडौंमा कोरोना फैलन नदिन सरकारले आवश्यक सबै सावधानी अपनाएको भन्दै प्रधानमन्त्री यसमा नागरिकको दायित्व पनि उत्तिकै रहेको बताए ।
उनले देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार तथा पीडित परिवारलाई सरकारले राहत दिने बताएका छन् । यस्तै प्रधानमन्त्रीले अहिलेको अवस्थामा राष्ट्रिय समस्यामा एकजुट हुन सबै दललाई आग्रह समेत गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...
नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...
भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...
नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...
Top