Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् । मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमी मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा नेपाली भूमीमा सडक वनाएको भन्ने आएकोले तत्काल उच्चस्तरवाट अनुगमन भ्रमण गरी बास्तविकता सार्वजनिक हुनुपर्ने बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदले यसअघि नै उक्त सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्न, नेपाली जनताले नेपालकै भूमी भएर जान मिल्नेगरी पैदल मार्ग निर्माण गर्न र कुटनीतिक पहलवाट समस्याको हल गर्न निर्णय गरी संघीय सरकारसँग अनुरोध गरेको बताउदै अव विलम्ब नगरी तत्काल कार्यान्वयमा जान अनुरोध गरे ।
मुख्यमन्त्री भट्टले नेपाली भूमी भएर नेपाली सीमासम्म आवतजावत गर्न पैदलमार्ग निर्माणमा प्रदेश सरकार पनि वजेटमा सहकार्य गर्ने बताए । सुदूरपश्चिम प्रदेश दार्चुलाको लिपुलेक मिचिएको विषय उठाएर खवरदारी गर्ने सबैलाई धन्यवाद दिदैं मुख्यमन्त्री भट्टले राष्ट्रियताको यो विषयमा संयमित भएर एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...
पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...
पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...
Top