दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते

Best Khabar Team | २०७९ फाल्गुन ९ गते मंगलबार


२१ फेब्रुअरी, २०२३
इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान जाने गरी शक्तिशाली भूकम्प गएको २ सातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । टर्कीको हतय प्रान्त केन्द्रबिन्दु भएर सोमबार गएको भूकम्पमा परी हालसम्म ३ जनाको मृत्यु भएको तथा ७ सय भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमबार पुनः गएको भूकम्प ६‌ दशमलव ३ म्याग्नेच्युडको रहेको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले उल्लेख गरेको छ । साँझ करिब पौने ९ बजे स्थानीय समयअनुसार गएको सो भूकम्पको धक्का छिमेकी सिरियामा समेत महशुस गरिएको थियो । यसअघि गएको फेब्रुअरी ६ मा गएको भूकम्पमा परी हालसम्म टर्कीमा मात्रै कम्तीमा ४६ हजार जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ ।

तस्वीर : अलजजिरा

सो भूकम्पले छिमेकी मुलुकमा पनि हजारौको ज्यान लिएको थियो । भूकम्पमा परी परी घाइते भएकाहरुको उद्दार तथा उपचारको काम अहिलेसम्म जारी छ । फेब्रुअरी ६ को ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पपछि पनि टर्कीमा सानाठूला गरी सयौं भूकम्पका पराकम्पनहरु गै रहेको बताइएको छ । सोमबार गएको भूकम्पको केन्द्रबिन्दु टर्कीको इस्तानबुलबाट दक्षिणी समुद्री क्षेत्रमा पर्दछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए २४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...

स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन ५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...

Top