तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते

Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार


२०, फेब्रुअरी, २०२०
नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा आज बिहान एउटा यात्रुबाहक बस विपरित दिशाबाट आइरहेको अर्को बससँग ठोक्किँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । सुनसरीको दुबहीबाट ३२ जना यात्रु लिएर राजस्थानका लागि गएको सो बस स्थानीय कन्याकुमारीबाट अघि बढ्ने क्रममा सालिम बेङ्गालुरु सडकखण्डको घुम्तीमा दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुमा २ जना महिला र अरु ४ जना पुरुष रहेका छन् ।

सो घटनामा घाइते भएका अरु २० जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको बाइएको छ । दुर्घटनामा पूर्वी नेपालको सुनसरी घर भएका ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका थर उल्लेख नभएका टिकाराम, ५३ वर्षका गोपाल तामाङ्ग, ५० वर्षकी थर उल्लेख नभएकी बोधिनी नामकी महिला रहेकी छन् । यस्तै ५० वर्षका बल्कारी चौधरी र ५५ वर्षका विष्णु थांगेलको पनि दुर्घटनामा ज्यान गएको छ । गोपाल तामाङ्गको उपचारको लागि अस्पताल पु-याउने क्रममा ज्यान गएको बताइएको छ ।

नेपाली यात्रुहरु ३५ दिने तीर्थयात्रका लागि भारतका विभिन्न तिर्थस्थल गएका थिए । घुम्तीमा बस दाहिनेतर्फ मोड्ने क्रममा विपरित दिशाबाट आएको बससँग नेपाली यात्रु सवार बस ठोक्किएको थियो । सो बसमा दुईजना चालक रहेको बताइएको छ । भारतको तामिलनाडुमा आज मात्रै ३ फरकफरक स्थानमा बस दुर्घटना भएका छन् । जसमा २८ जनाले ज्यान गुमाएका छन् ती मध्ये ६ जना नेपालीहरु रहेका छन् । नेपाल र भारतका अधिकांश हिन्दु तीर्थस्थलहरुमा दुबैदेशका धार्मिक पर्यटकहरु वर्षेनी हजारौंको संख्यामा आउने जाने गर्दछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रोकियो स्ववियु चुनाव रोकियो स्ववियु चुनाव

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको...

नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’ बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...

Top