तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते

Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार


२०, फेब्रुअरी, २०२०
नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा आज बिहान एउटा यात्रुबाहक बस विपरित दिशाबाट आइरहेको अर्को बससँग ठोक्किँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । सुनसरीको दुबहीबाट ३२ जना यात्रु लिएर राजस्थानका लागि गएको सो बस स्थानीय कन्याकुमारीबाट अघि बढ्ने क्रममा सालिम बेङ्गालुरु सडकखण्डको घुम्तीमा दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुमा २ जना महिला र अरु ४ जना पुरुष रहेका छन् ।

सो घटनामा घाइते भएका अरु २० जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको बाइएको छ । दुर्घटनामा पूर्वी नेपालको सुनसरी घर भएका ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका थर उल्लेख नभएका टिकाराम, ५३ वर्षका गोपाल तामाङ्ग, ५० वर्षकी थर उल्लेख नभएकी बोधिनी नामकी महिला रहेकी छन् । यस्तै ५० वर्षका बल्कारी चौधरी र ५५ वर्षका विष्णु थांगेलको पनि दुर्घटनामा ज्यान गएको छ । गोपाल तामाङ्गको उपचारको लागि अस्पताल पु-याउने क्रममा ज्यान गएको बताइएको छ ।

नेपाली यात्रुहरु ३५ दिने तीर्थयात्रका लागि भारतका विभिन्न तिर्थस्थल गएका थिए । घुम्तीमा बस दाहिनेतर्फ मोड्ने क्रममा विपरित दिशाबाट आएको बससँग नेपाली यात्रु सवार बस ठोक्किएको थियो । सो बसमा दुईजना चालक रहेको बताइएको छ । भारतको तामिलनाडुमा आज मात्रै ३ फरकफरक स्थानमा बस दुर्घटना भएका छन् । जसमा २८ जनाले ज्यान गुमाएका छन् ती मध्ये ६ जना नेपालीहरु रहेका छन् । नेपाल र भारतका अधिकांश हिन्दु तीर्थस्थलहरुमा दुबैदेशका धार्मिक पर्यटकहरु वर्षेनी हजारौंको संख्यामा आउने जाने गर्दछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

२०७६ चैत्र ३० गते आइतबार

१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...

गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित) गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)

२०७६ फाल्गुन २८ गते बुधबार

११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...

हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व

२०७७ श्रावण १९ गते सोमबार

निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको...

पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको...

Top