कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको स्वाबको नमुना लिन काठमाडौंबाट आएको विमान अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा चिप्लिएको छ । नेपाल एयरलाईन्सको वाई १२ ई कलसाईन भएको सो विमान अवतरणका क्रममा विमानस्थलको धावनमार्गबाट चिप्लिएर छेउको जाली तथा घाँसे मैदानमा पुगेर रोकिएको थियो । विमान चिप्लिएको भएपनि विमानमा रहेका चालक दलका ३ सहित २ चिकित्सकहरु सकुशल रहेको बताइएको छ ।

विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज र आसपासका क्षेत्रमा रहेका एक दर्जन बढी अस्पतालमा भर्ना भएका विरामीहरुको नमुना परीक्षण (कोरोनाको आशंमा) का लागि स्वाब लिन भन्दै स्वास्थ्य मन्त्रालयले सो विमानमा चिकित्सकसहितको टोली राखेर नेपालगञ्ज पठाएको थियो । विमान अवतरणका क्रमणमा धावनमार्गबाट केहीमिटर पर पुगेको भएपनि विमानमा रहेका सबैजना सकुशल रहेका छन् । विमानमा दुई जना चिकित्सक र तीन चालक दलका सदस्य रहेका थिए । घटना लगत्तै विमानमा रहेकाहरुको उद्दार गरी उनीहरुलाई काठमाडौंबाट आएको अर्को विमानमा राखेर पठाईको नेपाल विमानस्थल प्रमुखले जानकारी दिए ।

विमानस्थल स्रोतका अनुसार सो विमान चिप्लनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सो विमान स्वास्थ्य मन्त्रालयले चार्टर गरेर नेपालगञ्ज पठाइएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ ! यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !

२०७७ जेठ २६ गते सोमबार

– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका...

फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

२०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...

Top