Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार
०८ जुन, २०२०
धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न भागमा घर भै रोजगारीका लागि भारत गएका उनीहरु गएको जेठ दोश्रो साता भारतबाट फर्केर जिल्ला सदरमुकाम धादिङ्गबेसीको क्वारेन्टाइनमा बस्दै आएका थिए । जिल्ला अस्पताल धादिङ्गले दिएको जानकारी अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

उनीहरुलाई अहिले जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । यसअघि संक्रमण देखिएका ६ जनामध्ये ३ जनाको उपचार चलिरहेको छ भने ३ जना उपचारपछि घर फर्केका छन् । धादिङ्गमा एकैपटक यति धेरैसँख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो ।
हाल संक्रमण देखिएकाहरु सदरमुकाम धादिङ्गबेसीमा रहेको नीलकण्ठ उच्चमाविको क्वारेन्टिनमा बस्दै आएहरु रहेका छन् । उनीहरुको स्वाब परीक्षणका लागि जेठ २४ गते मकवानपुरको हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र पठाइएको थियो । तर आज बिहान प्राप्त रिपोर्ट मध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ
२०७६ पुष १६ गते बुधबार
शब्द तथा तस्वीर : पि.एल. तरंग कुनै जमना थियो,...
चितवन राष्ट्रिय निकुञ्जभित्र एकैदिन २ वटा गैंडा मृत भेटियो
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र...
भारतमा नागरिकता कानुनको विरोध : दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द, प्रदर्शनमा रोक
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका...
लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...
Top