भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार


०८ जुन, २०२०
धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न भागमा घर भै रोजगारीका लागि भारत गएका उनीहरु गएको जेठ दोश्रो साता भारतबाट फर्केर जिल्ला सदरमुकाम धादिङ्गबेसीको क्वारेन्टाइनमा बस्दै आएका थिए । जिल्ला अस्पताल धादिङ्गले दिएको जानकारी अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

उनीहरुलाई अहिले जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । यसअघि संक्रमण देखिएका ६ जनामध्ये ३ जनाको उपचार चलिरहेको छ भने ३ जना उपचारपछि घर फर्केका छन् । धादिङ्गमा एकैपटक यति धेरैसँख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो ।

हाल संक्रमण देखिएकाहरु सदरमुकाम धादिङ्गबेसीमा रहेको नीलकण्ठ उच्चमाविको क्वारेन्टिनमा बस्दै आएहरु रहेका छन् । उनीहरुको स्वाब परीक्षणका लागि जेठ २४ गते मकवानपुरको हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र पठाइएको थियो । तर आज बिहान प्राप्त रिपोर्ट मध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज...

तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन

२०७६ मंशिर २९ गते आइतबार

–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...

विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित) विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...

Top