Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०
धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ्का अनुसार उपचारका क्रममा जिल्ला अस्पताल धादिङ्गमा थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । यसअघि दुर्घटनास्थलमै ६ जनाको ज्यान गएको थियो ।
सो दुर्घटनामा परी निलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङको ज्यान गएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा सेते गुरुङ्गको ज्यान गएको हो । दुर्घटनापछि भुलभुले टोल शोकमा डुबेको छ । मृतक सबै मण्डलीमा भागल बुझाउन मिनिट्रक रिजर्भ गरेर मन्दिर गएका थिए । स्थानीय मण्डलीको मन्दिरमा लागेको मेलामा सहभागी भएर फर्कने क्रममा सो मिनिट्रक दुर्घटनामा परेको थियो ।

स्थानीय वासिन्दाका अनुसार मन्दिरको दर्शनका लागि बाख्राको पाठीसहित मन्दिर पुगेकाहरु भाकल चढाएर फर्कने क्रममा सो दुर्घटना भएको हो । चालकले मदिरा सेवन गरेको तथा तीव्र गतिका कारण सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २५ जना सवार सो ट्रक दुर्घटनामा घाइते भएका १५ जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाईको छ । घाइतेलाई लिन साँझ नेपाली सेनाको हेलिकोप्टर धादिङ्गबेसी पुगेको थियो । यसै घटनासँग सम्बन्धित अर्को समाचार तलको लिंकमा छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनद्वारा पारित, माथिल्लो सदनको निर्णय कुरिँदै
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड...
१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । विगत १० दिनदेखि राजधानीको...
चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर
२०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...
११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित)
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश...
Top