धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


तस्वीर : मण्डलीमाईको मन्दिर इन्टरनेटबाट साभार

२१ जनवरी, २०२०
धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन गरेर फर्केका तिर्थयात्री चढेको मिनिट्र«क दुर्घटनामा परेको छ । ज्वालामुखी गाउँपालिकामा मण्डलीमाईको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक निलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभञ्जाङमा दुर्घटनामा परेको हो । सो दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ्गले दिएको जानकारी अनुसार सो घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भै रहेको छ । क्षमताभन्दा बढी यात्रु राखेर गुडेको सो मिनिट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन । मण्डलीमा हरेक मंगलबार भक्तजनहरुको भीड लाग्ने गर्दछ।

मंगलबारमात्रै पाठीको बली लाग्ने भएकाले जिल्लाका विभिन्न स्थानबाट मेला भर्न मण्डली पुग्ने गर्दछन् । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...

मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...

Top