डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

Best Khabar Team | २०७९ पुष २५ गते सोमबार


०९ जनवरी, २०२३
काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिन शुरु गरिएको छ । नेपाल सरकार मन्त्री परिषद्को आज अपरान्ह बसेको बैठकले यही पुस २७ गते परेको पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय रुपमा विदा (सार्वजनिक विदा) दिने निर्णय गरेको हो । वर्तमान सरकार निर्माणमा सहभागी सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीको विशेष आग्रहलाई मध्यनजर गर्दै सरकारले पुस २७ गतेको पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

फाइल तस्वीर

विगतमा नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन ‘बडामहाराजाधिराज’ पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा हरेक वर्षको पृथ्वी जयन्ती अर्थात् पुस २७ का दिन सार्वजनिक दिने प्रचलन रहेको थियो । तर नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको स्थापना भएपछि २०६३ सालपछि पुस २७ को दिन दिइँदै आएको सार्वजनिक विदा हटाइएको थियो । यद्यपि कमल थापा नेतृत्वको तत्कालीन राप्रपाले सदन बाहिर रहँदा पुस २७ लाई सार्वजनिक विदा दिनुपर्नेमा सभा समारोह मार्फत् चर्को बहस गर्ने गरेको थियो ।

तर स्मरणीय के छ भने २०६३ पछि पछि थापा विभिन्न मन्त्रीपरिषद्मा रहँदा कहिल्यै पनि पुस २७ लाई सार्वजनिक विदा दिइएको थिएन । तर यसपटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले सरकारलाई समर्थन गर्नुपूर्व नै यो मागलाई जोडतोडका साथ अघि सारेका थिए । फलस्वरुप सरकारले आज बसेको मन्त्रीपरिषद् बैठक मार्फत् पुस २७ लाई सार्वजनिक विदा दिने घोषणा गरेको हो । प्रस्तुत विषयलाई सरकारले न्यूनतम साझा नीति तथा कार्यक्रममै समावेश गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित) सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा...

युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी

२०७९ चैत्र ३ गते शुक्रबार

१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’ अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

Top