Best Khabar Team | २०७९ कार्तिक ७ गते सोमबार
२४ अक्टोबर, २०२२
लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा दोश्रोपटक नयाँ प्रधानमन्त्री पाएको छ । यसअघिकी प्रधानमन्त्री लिज ट्रसले एकसता अघि पदबाट राजीनामा दिएपछि भारतीय मुलुका ऋषि सुनक नयाँ प्रधानमन्त्री बनेका हुन् । गत बिहीबार ट्रसले आन्तरिक कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि आज सुनक प्रधानमन्त्रीको रुपमा चयन भएका हुन् । ऋषि यसअघि कोरोनाको संकटका बेला बेलायतको अर्थमन्त्री बनेका थिए ।

युरोपियन युनियनबाट अलग्यिएपछि र लगत्तैको कोरोनाको महामारीका कारण अर्थतन्त्र कठिन अवस्थामा पुगेका बेला ऋषिले बेलायतको अर्थतन्त्रलाई सहि बाटोमा डोहो¥याएका थिए । त्यतिबेला देखि नै उनको बेलायती जनताले प्रशंसा गर्दै आएका थिए । नवनिर्वाचित प्रधानमन्त्री ऋषिको परिवार पूर्वी अफ्रिकाबाट बेलायत आइपुगेको बताइएको छ । ऋषिको बुबाआमा विगतमा दुबै भारतीय मुलको भएको विबिसीले उल्लेख गरेको छ ।
नवनिर्वाचित प्रधानमन्त्री बेलायतको कन्जरभेटिभ पार्टीका नेता पनि हुन् । यसअघि भएको प्रधानमन्त्री चुनावमा उनी लिज ट्रससँग पराजित भएका थिए भने ट्रसले एक्कासी प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् । यद्यपि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसनबीच यसअपटक नयाँ प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको भएपनि जोनसोनले भने अन्तिम समयमा आएर प्रधानमन्त्री बन्ने अनिच्छा देखाएका थिए । उनी हिन्दुधर्म मान्दछन् भने उनलाई बेलायतको शीर्ष १० धनाढ्य् सांसदको रुपमा चिनिने गर्दछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले...
जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले
२०७६ पुष ७ गते सोमबार
तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...
कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो
२०७६ चैत्र २९ गते शनिबार
११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
Top