मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने

Best Khabar Team | २०७७ फाल्गुन ३ गते सोमबार


१६ फेब्रुअरी, २०२१
काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी चैत्र १५ (मार्च २८) देखि रातिको समयमा हुने विमानस्थलको उडान तथा अवतरण सेवा बन्द हुने जनाएको छ । हाल बिहान ६ बजेदेखि रातिको ३ बजेसम्म) सञ्चालनमा रहेको विमानस्थलको सेवा अन्र्तराष्ट्रिय उडानमा आएको कटौतीसँगै रातिको समयमा बन्द गर्न लागिएको हो ।

फाइल तस्वीर ।

चैत्र १५ गते मध्यरातदेखि रातिको १२ बजेपछि विमानस्थल बन्द गर्ने तयारी भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विगतमा कोरोना भाइरसको प्रकोप र त्यसपछि उत्पन्न बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै रातिको समयमा समयमा समेत विमानस्थल सूचारु अवस्थामा रहेको थियो । विगतमा दैनिक ६० देखि ७० वटासम्म उडान हुने गरेको भएपनि अहिले यात्रुहरुको अभावमा दैनिक ३० को हाराहारीमा उडानहरु भै रहेका कारण रातिको समयमा विमानस्थल बन्द गर्न लागिएको हो ।

जापान, दुबईलगायतका कतिपय देशसँग जोडिएका उडान कम्पनीहरुले कोरोनाका बेला रातिको समयमा काठमाडौं विमानस्थलबाट उडान तथा अवतरण गर्दै आइरहेका थिए । विशेषतः विभिन्न मुलुकबाट हुने चार्डर उडान तथा उद्दार उडानलाई मध्यनजर गर्दै विमानस्थल राति ३ बजसम्म सञ्चालनमा आएको थियो । तर अहिले विश्वका विभिन्न मुलुकमा कोरोनाका कारण रोकिएका नेपाली यात्रु तथा नेपालमा रोकिएका विदेशीयात्रुहरुको संख्या न्यून रहेका कारण उद्दार र चार्टर उडान बन्द भएका छन् ।

यस्तै नियमित रुपमा विदेश जानुपर्ने र विदेशबाट नेपाल आउनेहरुको संख्या पनि कोरोना अघिकै अवस्थामा आइनसकेका कारण रातिको समयमा विमानस्थल बन्द गर्न लागिएको हो । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार चैत्र १५ गतेदेखि राति १२ बजेपछि विमानस्थल बन्द गरिने छ । पर्यटन मन्त्रालयको निर्देशमा कोरोनाका कारण अलपत्र परेकाहरुलाई उद्दारका लागि काठमाडौंबाट विभिन्न देश तथा ती देशबाट काठमाडौंमा यात्रु ओसारपसार गर्नका लागि रातिको समयमा थप ३ घण्टा विमानस्थल सञ्चालनमा ल्याएर थप उडान गरिँदै आएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु

२०७७ माघ २० गते मंगलबार

०२ फेब्रुअरी, २०२१काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले...

हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो

२०७६ माघ ६ गते सोमबार

२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...

यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...

कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित) कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...

Top