Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार
ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा शहरमा ८ वटा घरहरुलाई पहिरोले बगाएर समुद्रमा पु-याएको छ । प्रायः सँगै हिउँले ढाकिने नर्वेको सुदुरउत्तरी क्षेत्र अल्टा पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ । लामो समयसम्म हिउ परेको स्थानमा मौसम खुलेर घाम लागेलगत्तै सडक मुनिपट्टिको जमिन पुरै बगेको थियो । समुद्रको छाल तथा हिमपातका कारण समुद्री तटको सो गाउँमा पहिरो गएको हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि भूगर्भविद्हरुले यसको कारण कारण बारे अध्ययन गरिरहेका छन् । समुद्रको छेउमा रहेका ८ वटा घरहरुलाई सो पहिरोले बगाएर समुद्रमा मिलाएको भिडियो आज (०४ जुन, २०२०) गार्डियन न्यूजले सार्वजनिक गरेको छ । सुरक्षा अधिकारीहरुका अनुसार सो घटनामा परी मानवीय क्षति भएको छैन । मानिसहरु गर्मी मौसममा छुट्टी मनाउनका लागि त्यहाँ जाने गरेको र सोही प्रयोजनका लागि त्यहाँ घरहरु बनाइएको थियो ।

यद्यपि केही घरमा मानिसहरु रहेको भएपनि दिउँसोको समयमा उनीहरु घर बाहिर रहेका बेलामा सो घटना भएको बताइएको छ । प्रहरी र स्थानीय उद्दारकर्ताहरुले केही घरमा रहेका कुकुरहरुलाई हेलिकोप्टरको साहाराले उद्दार गरेको जनाएको छ ।
पहिरोले गाउँ बगाएको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झापामा पनि भेटिए कोरोना संक्रमित
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज...
कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा
२०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना...
क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई
२०७७ बैशाख १७ गते बुधबार
२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...
सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी...
Top